fbpx

‘नयाँ सरकार बन्ने प्रक्रिया राजनीतिक स्थायित्व दिन्छ भन्ने हामीलाई लाग्दैन’:-रास्वपा

author

समाचारपाटी

३ महिना अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयाे ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन । यही विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो । बैठकपछि नेता सन्तोष परियारले पनि कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भएकाले सरकारमा सहभागी नहुने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘यो जनताको हितमा छ भन्ने लाग्दैन, यसले राजनीतिक स्थायित्व दिन्छ भन्ने हामीलाई लाग्दैन । यद्यपि यो घटना अघि बढिसकेपछि अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, हामी सरकारमा जाँदैनौं ।’ अर्को सरकार बन्ने प्रक्रिया अघि बढ्नेवित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारबाट बाहिरिने उहाँले बताउनुभयाे ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।


काठमाडौं

बुधबार, अशोज २, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

मेयर बालेनले भने: नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन