‘पदको बाँडफाँड गरेर देश कहिल्यै बन्दैन, भागबण्ड गरेरै देशको अवस्था यस्तो भएको हो’:-रवि लामिछाने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूसँग बेच्नका लागि मदन वीपी कोही नभएको बताउनुभएकाे छ। ठूला भनिएका दलहरूले मदन-वीपीको नाम बेच्ने गरेको बताउँदै उनले आफूहरूसँग सुशासनको एजेण्डामात्र भएको बताउनुभयाे। 'बेच्नका लागि हामीसँग मदन-वीपी कोही छैनन्। हामीसँग गरेर देखाउन सुशानको एजेण्डा छ। हृदय र क्षमतावान् व्यक्तित्वहरू हुनुहुन्छ। हामी त्यसकै आधारमा अगाडि बढेका हौं,' उहाँले भन्नुभयाे। सभापति लामिछानेले नेताहरूले नातपात र साला-भतिजालाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाउनुभयाे। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले पदको बाँडफाँड नगर्ने स्पष्ट पार्नुभयाे।

'पदको बाँडफाँड गरेर देश कहिल्यै बन्दैन। भागबण्ड गरेरै देशको अवस्था यस्तो भएको हो। एकपटक लुटलाई बन्द गर्ने अवसर दिनुहोस्। मात्र एकपटक अवसर दिनुभयो भने साला भतिजालाई भागबण्डा गर्नेहरूको खेल रोकेर देखाउँछौं,'उहाँले भन्नुभयाे। विश्वविद्यालयमा तालाबन्दी गरेर देशको भविष्य नबन्ने बताउँदै त्यहाँको ताला खोल्नुपर्ने आवश्यक रहेको बताउनुभयाे। उहाँले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गरे। उहाँले रास्वपाको उम्मेदवार प्राइमरी निर्वाचनबाट चुनिएर आउने स्पष्ट पार्नुभयाे। 'आगामी निर्वाचनमा हामीले टीका लगाएर उम्मेदवार बनाउने छैनौं। प्राइमरी इलेक्सन गराएर उम्मेदवार उठाउनेछौं।

पैसाको बिटो र रक्सीका बोतल बोकेर चुनाव लड्नेको विरोधी हौं हामी,' उहाँले भन्नुभयाे, 'आउने निर्वाचनसम्म एक से एक मान्छेहरू तयार हुनेछन्। ती मान्छेहरूलाई छान्ने जिम्मा पनि तपाईँहरूकै हुनेछ।' उहाँले रास्वपाले आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने बताउनुभयाे। त्यसका लागि कुनै दलसँग पनि गठबन्धन नगर्ने उद्घोष गर्नुभयाे। 'हामी कुनै पनि निर्वाचनमा गठबन्धन र ठगबन्धन गर्दैनौं। नेताहरुले गठबन्धन नगर्ने बताए पनि राष्ट्रिसभामा फेरि गठबन्धनकै चर्चा गरिरहेका छन्,' उहाँले भन्नुभयाे। उहाँले रास्वपासँग देश हाँक्नसक्ने होनहार व्यक्तिहरु रहेको भन्दै बिगार्नेलाई तुरुन्तै कारबाही गर्ने गरेको बताउनुभएकाे थियाे।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन