राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ ।आईतवार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन । बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरुलाई आग्रह गरिरहनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उहाँको आग्रह छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिनुभएको छ । उहाँले चीन भ्रमणबाट मुड फ्रेस गरेर आउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको मुड अफ हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाउनु भयो ।