‘’अरु दलले राजीनामा मागेको कुराको जिम्मेवारी हामी लिदैनौँ ”:-सांसद मनिष झा

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ । 
बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरुलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरुको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘अरु दलले राजीनामा मागेको कुराको जिम्मेवारी हामी लिदैनौँ । हामीले बोल्नै पाएका छैनौँ भनेपछि हामीले के माग्यौँ भन्नेकुरा कसरी आँकलन गर्नुहुन्छ ? एकैतिर बसेको भएकोले उहाँहरु पनि उठ्नुभयो । हामी पनि उठ्यौँ । तर हामी फरक बेन्चमा बस्छौँ । उहाँहरु फरक तरिकाले बस्नुहुन्छ । उहाँहरुको राजनीतिक अस्तित्व र परिचय सदनमा फरक छ । त्यसैले गर्दा मिडियाले पटक–पटक हामीलाई एमालेसँग जोडेर जुन हाम्रो परिचय स्थापित गर्न खोजिरहेको छ । त्यो गलत हो । हामी फरक मत, फरक पहिचान, फरक सिद्धान्तले र फरक दलको परिचयले त्यहाँ पुगेका छौँ । हामी उभिदै गर्दा उहाँहरु पनि उभिनुहुन्छ भने उहाँहरुको साथमा उभिएको होइन । हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौँ । केही कुराहरुमा हाम्रो आशंका छ, आक्रोश छ, त्यो कुरालाई प्रधानमन्त्रीले आएर स्पष्ट पारिदिनुपर्छ । प्रधानमन्त्रीले सार्वभौम सदन र यसको राजनीतिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रक्रिया सबैलाई अवहेलना गर्ने अभिव्यक्ति दिनुभएको छ । त्यो अभिव्यक्ति भावनात्मक रुपमा यत्तिकै आएर, उहाँले विवेक गुमाएर बोल्नुभएको हो कि कुन तर्कले बोल्नुभएको हो ? त्यो स्पष्ट पार्न चाहन्थ्यौँ । तर हामीले बोल्ने मौका पाएनौँ ।’
उहाँले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफूहरुको फरक पहिचान र सिद्धान्त रहेको उल्लेख गर्दै फरक दलको परिचयसाथ आफूहरु संसदमा रहेको स्पष्ट पार्नुभयो ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान