fbpx

‘उर्वरा राष्ट्रिय लोक प्रतिभा २०७९’सम्मानबाट लोक कलाकार सुरेन्द्र गुरुङ सम्मानित हुने

author

समाचारपाटी

२ years अगाडि

यही मंसिर १४ गते हुन गईरहेको उर्वरा राष्ट्रिय सम्मानमा ‘उर्वरा राष्ट्रिय लोक प्रतिभा २०७९’ सम्मानबाट लोक कलाकार सुरेन्द्र गुरुङ सम्मानित हुनुहुने भएकाे छ ।


साहित्य,संगीत,समाजसेवा,पत्रकारिता, लघुवित्त,पर्यटन, वाणिज्य लगायतका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुहुने व्यक्तिहरूलाई सम्मान गर्न लागिएको निर्णय सार्वजनिक गर्न लागेको कुरा आयोजक संस्थाकी अध्यक्ष देबकी अभिलाषीले बताउनु भयो।

फाउण्डेशनको संस्थागत निर्णय अनुसार १४ जना व्यक्तिहरूले सम्मान प्राप्त गर्ने हुनुभएको छ। फाउण्डेशनको निर्णय अनुसार,उर्वरा राष्ट्रिय लोक प्रतिभा सम्मानबाट सुरेन्द्र गुरुङ,उर्वरा राष्ट्रिय जलविद्युत ऊर्जा सम्मानबाट गणेश कार्की, उर्वरा राष्ट्रिय संगीत सम्मानबाट चर्चित गायक अशोक मुकारुङ, उर्वरा डायोस्पोरा संगीत सम्मानबाट गायक जीवन शर्मा,उर्वरा डायोस्पोरा समाजसेवी सम्मानबाट समाजसेवी हेम थापा,उर्वरा राष्ट्रिय रेडियो पत्रकारिता सम्मानबाट गीतकार,रेडियो,पत्रकार तुलसी बस्नेत,उर्वरा राष्ट्रिय सम्मानबाट कवि पर्यटन व्यवसायी सुमन घिमिरे उर्वरा डायोस्पोरा साहित्य सम्मान बाट कविरसाहित्यकार नरेश काङमाङ,उर्वरा राष्ट्रिय पर्वतारोहण सम्मानबाट सगरमाथा आरोही देउराली चाम्लिङ,उर्वरा राष्ट्रिय बहु आयामिक कला सम्मानबाट कलाकार लक्ष्मण श्री,उर्वरा राष्ट्रिय युवा उद्यम सम्मानबाट हरी ठकुरी,उर्वरा राष्ट्रिय समाजसेवा रत्न सम्मानबाट रिमा सापकोटा,उर्वरा डायोस्पोरा गीतकार सम्मानबाट गीतकार भुपेन्द्र महत र उर्वरा समाजसेवी सम्मानबाट समाजसेवी शोभाकन्त पाण्डे समानित हुनु हुने भएको छ। कार्यक्रम मंसिर १४ गतेको दिन नेपाल पर्यटन बोर्डको सभा हलमा हुने भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लोकप्रिय युवा नेता पूर्व स्वास्थ्यमन्त्री गगन थापा रहनुहुने फाउण्डेशनकी अध्यक्ष देवकी अभिलाषीले मिडियाबाजी डटकमलाई जानकारी दिनुभयो।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर