fbpx

कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकियो

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परीक्षा केन्द्र तोक्नको लागि विभिन्न चलखेल हुने गुनासो आएपछि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको हो ।

काठमाडौंका ५१३ विद्यालयका नियमिततर्फ ५९ हजार १६७ र आंशिकतर्फ ५ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयका विद्यार्थी फरक सेन्टरमा छरिएर राख्ने गरी सफ्टवेयरबाटै केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

यसअघि धेरै विद्यार्थी भएको विद्यालयको विद्यार्थी तीन वटा केन्द्रसम्म राख्ने गरेकोमा यसपाली ९ वटासम्म केन्द्र निर्धारण भएको छ । बोर्डका अनुसार हरेक विद्यालयमा परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्या, विद्यालय र केन्द्रको गुगल म्यापबाट लिएको दूरी, विद्यालयबाट नजिक पर्ने केन्द्र, एक विद्यालयको परीक्षार्थी संख्या कम्तीमा १०० र २०० भन्दा बढी एकै केन्द्रमा नपर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा केन्द्र निर्धारण गरिएको अर्को आधार आफ्नै विद्यालयमा केन्द्र नहुने, दुई विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्कामा पर्न नहुने, एकै स्वामित्व र व्यवस्थापनको भनी पहिचान भएका केन्द्रमा नपर्ने बनाइएको परीक्षा बोर्डले जनाएको छ ।

मन्त्रालय र बोर्डले प्रयोग गरेको विधिबारे शिक्षामन्त्री सुमना श्रेष्ठ भन्छिन् ‘ओपन सोर्सको मान्यता अनुरूप पारदर्शी रूपमा राखिएको यसलाई गिटहबमा राखिएको छ । यो सफ्टवेयरको प्रक्रिया अझै सबल र पूर्ण स्वचालित बनाउने सुझाव दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय आह्वान गर्दछ ।’

onlinekhabar


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन