कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि, शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने

author

समाचारपाटी

५ दिन अगाडि

काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुँदैछ । तर, शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेका छन् । परीक्षा सञ्चालन गर्ने शिक्षकले नै सहभागी नहुने बताएपछि अन्योल भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्मा यहि गतिमा शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने बताउँनुहुन्छ । ‘आन्दोलन रोकिएन भने प्रभावित हुन्छ । परीक्षाको व्यवस्थापन गर्ने नै शिक्षक हो । तर, सरकार र शिक्षकको संवाद निष्कर्षमा पुग्छ भन्ने विश्वास छ’, उहाँले भन्नुभयाे ।

बोर्डले परीक्षाको तयारी पूरा गरेको उहाँले बताउनुभयाे । ‘बोर्डले तयारी गरेको छ । व्यवस्थापन गर्न पनि भनेका छौं । विद्यार्थीको भविष्य भनेको हामी सबैको भविष्य हो । कक्षा १२ उच्च शिक्षामा जाने परीक्षा हो । अन्तर्राष्ट्रिय विषय पनि हो । एक दिन अफ्ट्यारो भयाे भने पनि असर पर्छ’, उहाँले भन्नुभयाे, ‘बोर्डले अनुरोध गरेको छ । सरकार र शिक्षकबीचको संवाद टुंगिन पर्‍यो ।’

शिक्षकले परीक्षा नरोक्ने उहाँले विश्वास व्यक्त गर्नुभयाे । ‘आफैंले पढाएको विद्यार्थीको परीक्षा रोक्छौं भन्नु राम्रो होइन । शिक्षकले रोक्नु हुन्छ भन्ने विश्वास छैन’, उहाँले भन्नुभयाे ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा दिने करिब ५ लाख विद्यार्थी छन् । उहाँले पनि परीक्षा नरोकिने बताउनुभयाे । ‘क्यालेन्डर बनाएर काम गरेका छौं । यो मितिमा परीक्षा हुने एक वर्षअघि नै थाहा थियो । परीक्षा प्रभावित हुँदैन भन्ने विश्वास छ’, उहाँले भन्नुभयाे ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन