प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवद्र्धन समिति गठन गर्न माग

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि बनेका ऐन, कानून, नीतिलाई कार्यान्वयन गर्न संघीय स्तरमा प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवद्र्धन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले सो समितिको संरचना संघ, प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्ने मागसमेत गर्नुभयो । उहाँले नेपालका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समावेश गर्नुपर्ने बताउनु भयो । उहाँले हालसम्म नेपालमा भौतिक विकास, मानवअधिकार, सुशासन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आफ्ना नीति, कार्यक्रम र बजेटमा अपाङ्गताको सवाललाई मानव अधिकार र विकासको दृष्टिकोणबाट समेट्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा मानव अधिकारका दस्ताबेजलाई अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार पूर्णरुपमा आत्मसाथ गरी आफ्ना नीति र कार्यक्रममा अपाङ्गताको सवाललाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०२३ का दिन विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार तथा जीवनस्तरमा सुधार ल्याउन सबैको सहयोग र सहकार्यका लागि आह्वान गर्दछौँ । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि बनेका ऐन, कानून, नीति, नियमलाई कार्यान्वयन गर्न संघीय स्तरमा प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवद्र्धन समिति गठन गरी सोको संरचना संघ, प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्ने, नेपालका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समावेश गर्नुपर्ने, हालसम्म नेपालमा भौतिक विकास, मानवअधिकार, सुशासन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आफ्ना नीति, कार्यक्रम र बजेटमा अपाङ्गताको सवाललाई मानव अधिकार र विकासको दृष्टिकोणबाट समेट्न सकेको छैन । तसर्थ अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा मानव अधिकारका दस्ताबेजलाई अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार पूर्णरुपमा आत्मसाथ गरी आफ्ना नीति र कार्यक्रममा अपाङ्गताको सवाललाई समावेश गर्नुपर्ने ।’

पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जालकी कार्यक्रम संयोजक रेष्मा श्रेष्ठले अपाङ्गमैत्री सार्वजनिक शौचालय बनाउन आवश्यकरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अपाङ्गमैत्री सार्वजनिक शौचालय बनाउन आवश्यक छ । सबैसँगै मिलेर एसडिजी गोलमा नपुगेका आवाजलाई पुर्याउने काममा लाग्नुपर्छ । सञ्चारमाध्यमले पनि हामीलाई साथ दिनेछ ।’

उहाँले दिगो विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरुको अवाज पुर्याउन सबैले पहलकदमी लिनुपर्ने बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०२३ का दिन विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । 


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...