fbpx

‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ, तपाईहरु सचेत रहनुस्’:-सांसद धवलशमशेर जबरा

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताउनुभएको छ । 
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ति सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताउनु भयो । उहाँले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराउनु भयो । उहाँले मन्त्रीका छोराहरुले विभिन्न घट्नाहरु घटाइरहेका भन्दै उनीहरुलाई कानूनी कठघरामा लानुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ । तपाईहरु सचेत रहनुस् । यो सरकारलाई सचेत गराउन चाहान्छु । सरकारमा बसेका ठुला–ठुला मन्त्रीका छोराहरुले विभिन्न घटनाहरु घटाइरहेका छन् । सरकारले यिनीहरु सबैलाई कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ ।’

सांसद जबराले जिल्लाहरुमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न माग गर्नुभयो । मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भएपनि अझै हुन नसकेको भन्दै यस बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘वर्षायाम आइसक्यो । धान रोप्ने बेला भइसक्यो । जिल्लामा मलखादहरु पुगिरहेको छैन । यो व्यवस्था तुरुन्त राज्यले गर्नुपर्यो । राष्ट्रमा एउटा मलको फ्याक्ट्री लगाउने भन्नेकुरा पटक पटक आइरहेको छ । यो विषयमा नेपाल सरकारले के गरिरहेको छ संसदलाई जानकारी हुनुपर्यो । नत्र योपालि बजेट पास हुन गाह्रो होला । ’उहाँले एकदिन देशमा पुनः सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना हुने दाबी गर्नुभयो ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने