सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना

author

समाचारपाटी

१ year अगाडि

दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले विगतका वर्षको भन्दा पछिल्लो ६ महिनामा डिडिसी नाफा गएको बताउनु भयो । उहाँले पछिल्लो समय दुग्धजन्य वस्तुहरु बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने बताउनु भयो । उहाँले डिडिसीले धेरै जनधन्त्व भएका क्षेत्रमा बिक्री केन्द्रहरुलाई अभियानकै रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले सिंहदरबारमा २ हजार ५ सय भन्दा बढी कर्मचारी भएकाले उनीहरुको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको बताउनु भयो । सचिव पौडेलले डिडिसीको मुख्य उद्देश्य भनेको डिडिसीको उत्पादनलाई उपभोक्ता माझ पुर्याउनु रहेको बताउनु भयो । 

मुख्य सचिव डा.वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउनु भयो । उहाँले सिंहदरबार भित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको बताउनु भयो । उहाँले दुग्धजन्य वस्तुहरु बिक्री नभएको विषय सिंहदरबार बिक्री केन्द्रले थप सहज हुने बताउनु भयो । 

उहाँले डिडिसीले काठमाडौंको सिंहदरबारभित्र बिक्री केन्द्र खोलेर भन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले डिडिसी रिङरोड भन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न आग्रह गर्नुभयो । उहाँले डिडिसीले आफ्ना उत्पादनलाई मुलुकभर पु¥याउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन