fbpx

‘हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ’:- कमल थापा

author

समाचारपाटी

१0 महिना अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । 

आईतवार काठमाडौंमा पार्टीको केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताउनुभएको हो । उहाँले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डाको मुख्य संवाहक आफूहरु नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताउनुभएको हो । उहाँले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताउनु भयो । अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उहाँको भनाई छ । उहाँले यसको निम्ति सम्पूर्ण जनताहरुलाई सडकमा आउन अपिल गर्नुभयो । 


उहाँले भन्नुभयो – ‘हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको एजेण्डाको मुख्य संवाहक राप्रपा नेपाल भएको । हामीले नै अब यो एजेण्डा स्थापित गर्नका निमित्त आन्दोलन नै अन्तिम विकल्प भएको ठहर गरेको र त्यो लक्ष्य प्राप्त गर्नको निमित्त बृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्छ भनेर हामीले नै अग्रसरता लिएको सबै साथीहरुलाई जानकारी नै छ । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसकेको छ । यो भ्रष्ट व्यवस्थाको जनताले विकल्प खोजेका छन् । त्यो विकल्प भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार हो । यो सन्देश हामीले आम जनता समक्ष दिनुपरेको छ । अर्थात् संघीय गणतन्त्र नामको व्यवस्था असफल भयो । अब हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ । यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन । तसर्थ सम्पूर्ण जनता सडक संघर्षमा आउनु जरुरी छ । र यो लक्ष्य प्राप्त गर्नको निमित्त केवल राप्रपा नेपालको एक्लो प्रयासले मात्रै सम्भव छैन । हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न चाहने र सुशासनको माध्यमबाट आर्थिक समृद्धि चाहाने सबै राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी दल, समूह र पक्षहरु समावेश भएको मोर्चा निर्माण गरेर आन्दोलनलाई अगाडी बढाउनुपर्दछ ।’

अध्यक्ष थापाले राप्रपा नेपाल संगठनात्मक रुपमा कमजोर भएको बताउनु भयो । अझैपनि पालिका तहसम्म पार्टी कमिटी गठन हुन नसकेको र जिल्लाका कमिटीहरु पनि अपेक्षाकृत रुपमा सक्रिय हुन नसकेका बताउनु भयो । भातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन