दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छः उपनेता बुद्धिमान तामाङ

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताउनुभएको छ । 

उहाँले व्यवसायी प्रसाईंले गर्नुभएको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरु सभागी भएको दाबीसमेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरुले आफ्नो इच्छाअनुरुप आन्दोलनमा सहभागी भएको बताउनु भयो । उहाँले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गर्नुभएको कार्यक्रममा गइ सम्बोधन गर्नुभएको र राप्रपाले नैतिक समर्थन गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले व्यवसायी प्रसाईंले राख्नुभएका विभिन्न मागमध्ये राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजको विषयमा आफूहरुको समर्थन रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईंको आन्दोलनलाई हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन हामीले गरेका छौँ । पार्टीका कार्यकर्ताहरु त्यहाँ ६५ प्रतिशत भन्दा बढी नै उपस्थित हुनुहुन्छ । हाम्रो पार्टीले जाउ पनि भनेको छैन र नजाउ पनि भनेको छैन । त्यसकारण हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन भएपछि केके गर्नुपर्छ भन्नेकुरा कार्यकर्ताले जान्ने कुरा हो । हाम्रो प्रवक्ता संसदीय दलका प्रमुख सचेतक समेत गएर त्यहाँ आफ्ना कुरा राखेर आउनुभएको छ । उहाँका विविध प्रश्तावहरु छन्, उहाँका विविध माग छन् । हाम्रा राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना दुई विषय र संघीयता खारेजको विषयमा हाम्रो समर्थन छ । हाम्रो एजेण्डा बोकेर जसले यो हुनुपर्छ भन्छ, त्यसलाई हाम्रो नैतिक समर्थन रहन्छ । त्यसमा दुईमत छैन । दुर्गा प्रसाईंमात्रै होइन, जसले बोकेपनि हाम्रो समर्थन रहन्छ । हाम्रो अब २७ गते कैलालीमा आमसभा भइरहेको छ, २८ गते महेन्द्रनगरमा कार्यक्रम भइरहेको छ । २९ गते जनकपुरमा आमसभा हुन्छ । यो लगातार चलिरहन्छ । पुस २७ गतेबाट दिन तोकेर कार्यक्रमका घोषणा हुन्छन् । हाम्रो विचारमा सहमत सबैलाई आह्वान गर्दछौँ । सहकार्य गर्न आउनुस् ।’ 
नेता तामाङले राप्रपाको एजेण्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने बताउनु भयो । उहाँले राप्रपाले मंसिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको बताउनु भयो । उहाँले पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेण्डाअनुसारका विभिन्न कार्यक्रमहरु घोषणा गर्ने बताउनु भयो । 


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन