राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकको समीक्षाः निर्णय कार्यान्वयन भएनन्, चैत्रमा तेस्रो बैठक

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकले संघीयता कार्यान्वयनसँगका विषयमा भएका निर्णयको कार्यान्वयन प्रभावकारी बनाउने निर्णय गरेको छ । 

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकले पहिलो बैठकका निर्णयहरुको कार्यान्वयनमा प्रभावकारीता नदेखाएको निस्कर्ष निकालेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताउनु भयो । उहाँले आजको बैठकमा पहिलो बैठकले गरेका निर्णयको कार्यान्वयनको समीक्षा गर्ने र संघीयता कार्यान्वनयसँग जोडिएको विषयमा छलफल भएको बताउनु भयो । उहाँले पहिलो बैठकले गरेका अधिकांश निर्णयहरु कार्यान्वयन नभएको र कार्यान्वयनका निम्ति आवश्यक तत्परता लिएको नदेखिएको बताउनु भयो । उहाँले कार्यविस्तृतिकरण लगायका विषयहरु प्रश्तुत गरेको भएपनि आवश्यक तयारी नभएकाले फागुन मसान्तसम्ममा सबै कार्यसूचिमा व्यवस्थित तयारी गर्ने र चैत्रको मसान्तसम्म संघीयता कार्यान्वयनसँगका विषयमा निर्णय गरी कार्यान्वयन प्रभावकारी बनाउने निर्णय भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक सम्पन्न भयो । पहिलो बैठकले गरेका निर्णयको कार्यान्वयनको समीक्षा गर्ने र संघीयता कार्यान्वनयसँग जोडिएका अरु यावत विषयहरु कानून निर्माण, संशोधनको विषय, साझा सूचिको कार्यान्वयन, विकासका आयोजनामा दोहोरोपन देखिएको विषय, संरचनामा देखिएको दोहोरोपन लगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल गर्ने र निर्णय गर्ने भनेर बैठकको आयोजना भएको थियो । पहिलो बैठकले गरेका अधिकांश निर्णयहरु कार्यान्वयन नभएको वा कार्यान्वयनका निम्ति आवश्यक तत्परता लिएको देखिएन । यस पटक पनि कार्यविस्तृतिकरण लगायका विषयहरु प्रश्तुत गरिएका थिए, त्यसमा आवश्यक तयारी पुगेको देखिएन । फागुन मसान्तसम्ममा सबै कार्यसूचिमा व्यवस्थित तयारी गर्ने र चैत्रको पहिलो वा दोस्रो र ढिलोमा चैत्र मसान्तसम्म तेस्रो बैठक बसेर संघीयता कार्यान्वयनसँगका विषयमा निर्णय गरी कार्यान्वयन प्रभावकारी बनाउने । प्रहरी समायोजनको लागि केही प्रयास भएका छन्, तर त्यसलाई मूर्त रुपले अघि बढाउन बाँकी रहेको देखियो । फागुन मसान्तसम्म आवश्यक तयारी गर्ने र चैत्र मसान्तभित्र बैठक बसेर निर्णय गर्ने प्रश्ताव गर्नुभएको छ ।’

बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यविस्तृतिकरण सम्बन्धी मस्यौदा संघले ढिलो गरेर दिएपछि आफूहरुले अध्ययन गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले तयारी नपुग्दा छलफल अर्को बैठकमा गर्नेगरी बैठक सकिएको बताउनु भयो । उहाँले यही अधिवेशनबाट आवश्यक कानून बनाएर दिने प्रतिवद्धता प्रधानमन्त्रीले गर्नुभएको बताउनु भयो । उहाँले संघले प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मस्यौदा ढिलो पाएकाले सबै विषयमा तयारी पुगेन । छलफल अर्को बैठकमा गर्नेगरी सारियो । चैत्र १५ गतेभित्र अर्को बैठक बस्नेगरी सहमति भएको छ । यही अधिवेशनबाट आवश्यक कानून बनाएर दिने भन्नुभएको छ । अधिकार त हामीले पाएकै छैनौँ । संघले प्रदेशलाई अधिकार दिएकै छैन ।’

बैठकपछि बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैठकमा संघीयता कार्यान्वयन र ऐन, कानून निर्माणको सन्दर्भमा वृहंगम छलफल भएको बताउनु भयो । उहाँले अब छिटै तेस्रो बैठक बस्ने र कार्य विस्तृतिकरणका काम टुंग्याउने सहमति भएको बताएनु भयो । 
उहाँले भन्नुभयो, ‘संघीयता कार्यान्वयन र ऐन, कानून निर्माणको सन्दर्भमा वृहंगम छलफल भयो । अब छिटै तेस्रो बैठक बस्ने र यी काम छिटो टुंग्याउने कुरा भएको छ । असारमा भएको निर्णय कार्यान्वयन भएनन् । किन ढिला भए ? यो हाम्रो प्रश्न हो । काम गर्दागर्दै ढिलाइ भएको र प्रक्रियामा अघि बढीरहेको संघको जवाफ छ ।’

बैठकमा उपस्थित मुख्यमन्त्रीहरुले असारमा बसेको पहिलो बैठकमा गरिएका निर्णयहरु कार्यान्वयनमा कमजोरी भएको बताएका छन् । पहिलो बैठकले बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा कार्यविस्तृतिकरण परिमार्जन गरी तीनै तहका सरकारबीचको अधिकारमा ६ महिनाभित्र स्पष्टता ल्याउने निर्णय गरेको थियो । दोहोरो–तेहरो अनुदान बन्द गर्ने, दोहोरो संरचना खारेज गर्ने, आयोजनामा पनि दोहोरोपना हटाउने, कानून निर्माणमा प्रदेश र स्थानीय तहको सहभागिता, प्रमुख प्रशासकीय अधिकृतको २ वर्ष सरुवा नगर्ने लगायतका निर्णय गरेको थियो । राष्ट्रिय समन्वय परिषद्को बैठकले एकीकृत अभिलेख प्रणालीको विकास गर्ने र जग्गा प्राप्तिलाई सहज बनाइने लगायतका निर्णय गरेको भएकपनि कार्यान्वयन हुन नसकेको बैठकमा सहभागीहरुको धारणा छ ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन