fbpx

जेठमा मात्रै पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने नेकपा एसको निर्णय

author

समाचारपाटी

१0 महिना अगाडि

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ । मंगलवार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुनेगरी मिति सारिएको पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले पार्टीको महाधिवेशनमा प्रश्तुत हुने प्रतिवेदनहरुको मस्यौदा तयार पार्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको २७ सदस्यीय मस्यौदा कमिटी पनि बनाएको छ । पार्टीका पदाधिकारीसहितका नेताहरुलाई सो मस्यौदा कमिटीमा राखिएको पनि तुलाधरले बताउनु भयो । नेकपा एसले माघ १४ र १५ गते भने पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बैठकले सो सम्मेलनका लागि विधानको व्यवस्था गर्न पार्टीका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहनुभएको कार्यदल पनि गठन गरेको छ ।

त्यसैगरी सो राष्ट्रिय सम्मेलनको व्यवस्थानका लागि उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा अर्को एउटा कमिटी पनि बनाइएको छ । मंसिरको २८ र २९ गते पुनः सचिवालयको बैठक पनि बोलाउने निर्णय गरिएको छ । पौषको नौ गते स्थायी कमिटी, १० गते पोलिटव्युरो र  ११ र १२ गते केन्द्रिय कमिटीको बैठक बसी राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलनमा प्रश्तुत हुने एजेण्डाबारे छलफल गर्ने निर्णय पनि बैठकले गरेको उपमहासचिव तुलाधरले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने एउटा निर्णय हिजो गरिएको थियो । आज सबैभन्दा बढी प्रतिक्षा गरिएको विषय थियो । राष्ट्रिय महाधिवेशनको । हामीले हाम्रो राष्ट्रिय महाधिवेशन २०८१ सालको जेठको ३, ४, ५, ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरेका छौं । माघको १४ र १५, जहाँ हामीले राष्ट्रिय सम्मेलनको मिति पहिले नै तय गरेका थियौै । त्यो बेला हामीले राष्ट्रिय विधान अनुसार राष्ट्रिय सम्मेलन गर्नेछाैँ । त्यसैगरी यही मंसिरको २८ र २९ गते पुनः सचिवालयको बैठक गर्नेछ । अनि, पौषको नौ गते स्थायी कमिटीको र पौषको १० गते पोलिटव्युरोको र पौषको ११ र १२ गते केन्द्रिय कमिटीको बैठक सम्पन्न गर्नेछौं । हामीले राष्ट्रिय सम्मेलनमा कतिपय विधान व्यवस्थाका बारेमा पनि छलफल गर्नुपर्ने भएको छ । त्यसका लागि पनि एउटा कार्यदल बनाएका छौं । कार्यदलमा उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहनुभएको छ । र, राष्ट्रिय सम्मेलन व्यवस्थापन कमिटीको पनि व्यवस्था गरेको छौं । यसको लागि गंगालाल तुलाधर, यसैगरी हाम्रो राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदा गर्नका लागि हामीले २७ जना पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय एउटा मस्यौदा समिति गठन गरेका छौं । त्यसमा हाम्रो पार्टीका केन्द्रिय पदाधिकारीहरु सबै रहनुहुनेछ ।’सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ । 


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन