fbpx

एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल प्याव्सनको पोखरामा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागनु १६ र १७ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

परिषद् बैठकले विधानका केही बुँदाहरूमा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेशनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ (ग) अनुसार, राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जानकारी दिनुभयाे ।

उक्त समितिको संयोजकमा सुवास न्यौपाने र पाण्डव हमाल ठकुरी तथा सदस्यहरुमा याम खड्का, जय बहादुर श्रेष्ठ, राजु गुरुङ वेद प्रसाद पन्त रहेका छन् ।

बैठकले महाधिवेशन सुव्यवस्थित गराउन उप–समितिहरू गठन गर्ने, सदस्यता नवीकरण प्रमाणिकरण माघ महिना भित्र गरि सक्ने र आवश्यकता अनुसार विधान परिमार्जन गर्नु परेमा, विधान परिमार्जन समिति निर्माण गरी केन्द्रीय समितिमा छलफल गराई केन्द्रीय महाधिवेशनबाट अनुमोदन गराउने निर्णय गरेको अध्यक्ष न्यौपनेले जानकारी दिनुभयाे ।

नेशल प्याव्सन गण्डककी प्रदेश, कास्की र पोखरा महानगर पालिकाको स्थानिय व्यवस्थापनमा भएको राष्ट्रिय परिषद् बैठकमा देशभरबाट १ सय ८४ जनाको सहभागिता रहेको नेशनल प्याव्सनका उपमहासचिव प्रकाश चन्द्र खड्काले जानकारी दिनुभयाे ।

उनका अनुसार बैठकमा नगरबाट अध्यक्ष वा प्रतिनिधि, जिल्ला र प्रदेशबाट अध्यक्ष, उपाध्यक्ष सचिव र कोषाध्यक्ष तथा केन्द्रीय समितका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा केन्द्र, प्रदेश, जिल्ला तथा नगरबाट आएका प्रतिनिधिले आ–आफ्ना धारण व्यक्त गरेका थिए ।

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपनेको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष याम खड्काले स्वागत र उपमहासचिव प्रकाश चन्द्र खड्काले कार्यक्रम सञ्चालन गरेका थिए।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन