fbpx

नेपालमा एकल महिलाको संख्या ९ लाख ९७ हजार ६६२

author

समाचारपाटी

२ महिना अगाडि


राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ ।
सोमवार राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा विधुवा महिला बढी रहेको देखाएको छ । नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला÷विधवा,सम्बन्धविच्छेद,भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताउनु भयो । उहाँले जसमा ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको पनि बताउनु भयो । उहाँले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्याङ्ले देखाएको बताउनु भयो । उहाँले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको उल्लेख गर्नुभयो । उहाँले कार्यालयकले अध्ययन गर्दा विधवा,सम्बन्ध विच्छेद,भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको बताउनु भयो । उहाँले विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको बताउनु भयो । उहाँले कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत यी दुई प्रदेशमा देखिएको बताउनु भयो । उहाँले दश वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको भन्दै तथ्याङ्कले विदुर २.२ प्रतिशत भन्दा विधवा महिलाको संख्या धेरै ६.६ प्रतिशत रहेको बताउनु भयो । उहाँले सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१मा झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले सन् २००१ मा थप ३ प्रतिशतले बढी २०२१ मा ६.६ प्रतिशत पुगेको उल्लेख गर्नु भयो । उहाँले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको भन्दै ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,‘अध्ययन गर्दा विधवा,सम्बन्ध विच्छेद,भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको छ । विगतका विभिन्न समयमा भएका जनगणनाका तथ्याङ्कहरुलाई समेत आधार बनाएरका छौं । अध्ययनबाट प्रतिवदेनमा सबैभन्दा बढी एकल महिलामा पनि विधुवा महिला बढी छ । एकल महिलाको घरपरिवार अवस्था विश्लेषण गर्दा ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला÷विधवा,सम्बन्ध विच्छेद,भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको छ । यी ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखियो । कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेका छन् । एकल महिला रहेका १४ प्रतिशत घरपरिवार मध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला,सम्बन्धविच्छेद,भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको छ । विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेका छन् । कम्तीमा एकजना विधवा  महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत रहेको छन् । नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेका छन् । दश वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला थिए । तथ्याङ्कले विदुर २.२ प्रतिशत भन्दा विधवा महिलाको सख्या धेरै ६.६ प्रतिशत रहेको छ । सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१मा झण्डै दोब्बरले वृद्धि भएको छ । त्यस्तै सन् २००१ मा थप ३ प्रतिशतले बढी २०२१ मा ६.६ प्रतिशत पुग्यो । विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दर बढेको छ । ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१मा ०.७ प्रतिशत पुगेको छ ।’


उहाँले एकल महिलाका विषयमा राज्यले नीति निर्माण गर्दा बलियो दस्तावेज हुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन