नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोश्रो चरणमा प्रवेश गर्नुभएका छ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकल तर्फ हुम्लाका दशरथ बुढालाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउनुभएकाे हाे ।
बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ अन्य विजयी खेलाडीहरुमा ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका शिषिर राना, रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमित थोकर, १६ फिदरका सुजन थापा, कञ्चनपुरका निखिल भट्ट, सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका हिरा राई, १६ फिदरका सुलभ पौडेल, कास्कीका विसन गुरुङ्ग, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापा, भक्तपुरका मुकेश श्रेष्ठ, मोरङ्ग जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थ र सेनाका हिमाल चन्द रहेका छन् ।
राष्ट्रिय बरियता समेत रहेको प्रतियोगितामा राजेन्द्रले देवीनगरका रिषभ राईलाई २१–१५, २१–११, अमनले सेनाका सन्तोष पनेरुलाई २१–१६, १४–२१, २१–१९, चन्द्रिकाले शुभकामना युवा क्लबका सनौला रैनीलाई १६–२१, २१–१३, २१–१५, अनिलले उदयपुरका विनय चौधरीलाई २१–१८, १९–२१, २१–१८, शिषिरले गजुरी ब्याडमिन्टन क्लबका आशिष रानालाई १८–२१, २१–१२, २१–१२, सुमितले मोरङ्ग जिल्ला ब्याडमिन्टन संघका सुचक खड्काबाट वाकओभर, सुजनले सेनाका गोकुल जोराबाट वाकओभर, निखिलले दीपक ब्याडमिन्टन एकेडेमीका अमन तामाङ्गलाई २१–१६, १९–२१, २१–१५, हिराले हिमरेकका डिकेन्द्र लम्साललाई २१–१५, २१–४, सुलभले सेनाका आकाश थापालाई २१–४, २१–५, विशनले भोजपुरका बिशाल तामाङ्गलाई १५–२१, २१–१४, २२–२०, बविशले पाँचथरका एशिया जवेगुबाट वाकओभर, मुकेशले दीपक ब्याडमिन्टन एकेडेमीका निरञ्जन सिलवाललाई २१–११, २३–२१, सुप्रिमले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–११, २१–१४ र हिमालले कोन्टि ब्याडमिन्टन क्लबका संगम मोक्तानलाई २१–१२, २१–९ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरेका हुन् ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गर्नुभएकाे थियाे । यस्तै मेयर महर्जनले प्रतियोगिताका रेफ्रि अनुप रत्न शाक्ललाई सटलकर्क प्रदान गर्दै खेलको सुरुवात गर्नुभएकाे थियाे । उद्घाटन कार्यक्रममा उपमेयर मंजली शाक्य बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायत संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।