fbpx

ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताकाे उपाधी राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी जित्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले र सेनाकी रशिलाले सेनाकै अनुमाया राईलाई १९–२१, २१–१५, २१–१८ ले पराजित गर्दै उपाधी जितेका हुन् ।

विजयी भएबापत प्रिन्स र रशिला प्रत्येकले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपबिजयी महर्जन र राई प्रत्येकले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेश्रो स्थानमा पुरुष तर्फ कास्कीका विधान अधिकारी र १६ फिदरका क्षितीज खनाल तथा महिला तर्फ सेनाकी प्राथना देउवा र शोभा गौचन संयुक्त तेश्रो भए । तेश्रो भएबापत उनीहरुले नगद १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको पुरुष युगल उच्च २० बरियता बाहेकको भिडन्तमा कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले ललितपुरका दिपेश शाक्य र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । तेश्रो स्थानमा १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा पाँचथरका एशिया जवेगु र दिवस शंकरको जोडी रहे ।

पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीहरुले क्रमशः प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् । ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु १७ छात्र एकल तर्फ सेनाका कवीर के।सी। र छात्रा तर्फ सेनाकै रिहाना शेरचनले उपाधी जिते । कवीरले सेनाकै अनिल मल्ललाई २१–१०, २१–१३ ले तथा रिहानाले कैलालीका रञ्जु रानालाई २१–८, २१–१७ ले पराजित गर्दै उपाधी जितेका हुन् । तेश्रो स्थानमा छात्र तर्फ कैलालीका रोशन साउद र शुभकामना युवा क्लबका सनौला रैनी तथा छात्रा तर्फ सेनाकी सम्बृद्धि श्रेष्ठ र ललितपुरका श्रेया बज्राचार्य संयुक्त तेश्रो भए ।

शिर्ष तीन स्थानमा रहेका खेलाडीहरुले क्रमश २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । भेट्रान्स ४५ बर्ष माथीको प्रतियोगितामा कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे । उक्त जोडीले किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडीलाई २१–११, २१–१६ ले पराजित गर्दै भेट्रान्सको उपाधी आफ्नो नाममा लेखाए । तेश्रो स्थानमा कालिका ब्याडमिन्ट क्लबका राम के।सी। र हरि खत्रीको जोडी तथा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राकेश थापाको जोडी रहे । शिर्ष तीन स्थानमा रहेका जोडीहरुले क्रमश २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई ललितपुर क्षेत्र नं। २ ९ख० बाट निर्वाचित बागमती प्रदेश साँसद रामकृष्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन