रशिला र अनु ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा

author

समाचारपाटी

२ महिना अगाडि


नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को फाईनल प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल तर्फ उपाधी नजिक पुग्ने क्रममा राष्ट्रिय च्याम्पियन रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–९ ले पराजित गरेकी हुन् । यस्तै अर्को खेलमा सेनाकी अनुले सेनाकै प्राथना देउवामाथी १७–२१, २१–१८, २१–१७ को कठिन जित निकाल्दै उपाधीका लागि रशिला संगको भेट पक्का गरेकी हुन् ।

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ सेमिफाईनल समिकरण पुरा भएको छ । शुक्रबार सम्पन्न क्वाटरफाईनल खेलमा राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल सेनाका दिवस शंकरलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाउन सफल भएका छन् । दाहालले शंकरलाई २१–१०, २१–१२ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । यस्तै कास्कीका विधान अधिकारीले एपिएफका देवराज रानामाथी २१–१३, २१–११ को जित निकाल्दै सेमिफाईनलमा प्रिन्स दाहालसंगको भेट पक्का गरेका छन् । अर्को खेलमा सेनाका प्रफुल महर्जन पुलिसका हिरा राई माथी २१–१६ , २१–७ को सहज जित निकाल्दै सेमिफाईनल प्रवेश गरेका छन् । अव प्रफुलले फाईनल प्रवेशका लागि १६ फिदरका क्षितिज खनालको सामना गर्ने छन् । क्षितिजले सेनाका पविन लिनथेपमाथी २१–१२,२१–९ को जित निकाल्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।

यस्तै छात्रा यु १७ मा सेनाकी रिहाना शेरचनले सेनाकै समृद्धि श्रेष्ठलाई २१–१५, २१–१० ले पराजित गर्दै फाईनल प्रवेश गरिन् । अर्को खेलमा कैलालीकी रञ्जु राना र ललितपुरकी श्रेया बज्राचार्यविच भएको खेलमा रञ्जुले बाजी मारिन् । उनले १९–२१, २१–१९, २१–१३ को जित निकाल्दै फाईनलमा उपाधीका लागि रिहानासंगको भेट पक्का गरेकी हुन् । यसै गरि छात्र तर्फ सेनाका कवीर के।सी। फाईनल प्रवेश गरे । कवीरले कैलालीका रोशन साउदलाई २१–१९, २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । अर्को खेलमा सेनाका अनिल मल्ले जित निकाले । अनिलले शुभकामना युवा क्लबका सनौला रैनीलाई २१–१५, २२–२० को जित निकाल्दै उपाधीका लागि कवीर संगको भेट पक्का गरेका हुन् ।

भेट्रान ४५ बर्ष माथीको प्रतिस्पर्धामा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राजेश थापाको जोडी तथा किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी सेमिफाईनल प्रवेश गरेका छन् । यस्तै कास्कीका राजेश गुरुङ्ग र शंभु कुमार श्रेष्ठको जोडी र कालीका ब्याडमिन्टन क्लबका राम के।सी। र हरी खत्रीको जोडीले पनि अन्तिम ४ को यात्रा तय गरे ।

प्रतियोगिताको बाँकी सेमिफाईनल र फाईनल खेल आज शनिबार बिहान ८ बजे बाट हुने प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, माघ १५, २०७९

८.१५°

-
Mist

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्
राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ, कुनै पनि हालतमा...
‘प्रत्यक्ष टिकटको कुरा उठ्दा सीता सुन्दासलाई एमालेकै कार्यकर्ताहरु भन्थे...
खानेपानी मन्त्री अब्दुल खानले गर्नुभयाे पदभार ग्रहण
कर्णाली प्रदेशसभाकी सभामुखले एमाले त्यागिन

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
सर्ट मुभी ‘किन’सार्वजनिक
प्रदिप खड्काको नयाँ फिल्म ‘कामिनो’ को थिम पोस्टर सार्वजनीक
गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा नयाँ...
केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्नमा...