fbpx

‘राष्ट्रिय अनलाइन पत्रकार संघ’को नवौँ बार्षिकाेत्सव समारोह भव्यताको साथ सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । अनलाइन न्युजहरुको छाता संगठन ‘राष्ट्रिय अनलाइन पत्रकार संघ’ (नोजा)को नवौँ बार्षिकाेत्सव समारोह भव्यताको साथ सम्पन्न भएको छ। संघिय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा लिभर क्यान्सर सम्बन्धि स्वास्थ्य सचेतना सहित अल्काइन पानि र अन्य पानि बीच छलफल तथा अन्तरक्रिया समेत आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद सन्तोष चालिसेले अनलाइन मिडिया समाज परिवर्तन र आर्थिक विकासका लागि सूचना सम्वाहकको रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयाे ।

अनलाइन मिडिया सञ्चालन निर्देशिका सरकारले ल्याइसकेको र यसलाई थप मर्यादित एवं व्यवस्थितका लागि सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपाल, सूचना बिभाग, पत्रकार महासंघ, राष्ट्रिय अनलाइन पत्रकार संघ लगायतका सरोकारवाला संघ संस्था र विज्ञहरुसँग छलफल गर्दै छिट्टै कार्यान्वयनमा ल्याउने पर्नेमा जोड दिनुभयो । सस्तो लोकप्रियता र राजनीतिक दलको गुमराहबाट अनलाइन मिडियालाई बाहिर ल्याउनुपर्ने अहिलेको टड्कारो आवश्यकतालाई मिडिया हाउस र पत्रकारहरुले मनन गर्नुपर्ने चालिसेले बताउनुभयाे ।

नोजाले नवौँ बार्षिकोत्सव समारोहमा पत्रकार सहित ५ जना विशेष व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । नोजाले संचारकर्मी महेश घिमिरेलाई जया देवकोटा स्मृति पत्रकारीता पुरस्कार रु ११, १११ राशीद्धारा सम्मानित गरेको छ । महिला उद्यमी क्षेत्रबाट मंजु सिंह स्वास्थ्य महिला उद्यमी बाट अमृता पाण्डे, जोतिषबिदा बाट मणि पाण्डे र सामाजिक अभियानवाट सुशील फुयाल लगाएत सम्मानित हुनुभएकाे थियाे । कार्यक्रममा सौन्दर्यविद सुमी रंजित , लायन्स पधादिकारीहरु बिभिन्न संघ संस्थाका प्रमुखहरुको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा सौन्दर्यविद सुमी रंजितले लिभर क्यान्सर सम्बन्धि स्वास्थ्य सचेतना सहित अल्काइन पानि र अन्य पानि बीच सचेतना सम्बन्धि डेमो समेत प्रदर्शन गरिएको थियो भने हामीले खानेपानीलाइ कसरि सुद्दीकारण गरेर खाने भन्ने बिषयमा चर्चा गरिएको थियो ।

अनलाइन मिडिया र यसमा कार्यरत पत्रकारहरुको बृहत्तर विकाससँगै अनलाइन सञ्चार माध्यममार्फत समाज रुपान्तरण र देश विकासका लागि राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाको अनलाइन यात्रा जारी रहेको संघका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानाले बताउनुभयाे । ढुंगानाले सूचनाको हक हरेक नेपालीको अधिकार भएकोले राष्ट्रिय सूचनाहरुलाई नागरिकसमक्ष पुर्याउन आम सञ्चार माध्यमले निस्वार्थ तवरले भूमिका खेल्नुपर्ने बताउनुभयाे । अनलाइन मिडिया अहिलेको विश्वव्यापी सूचना प्रवाहको छिटो र छरितो सञ्चार माध्यम भएकोले यसलाई विश्वसनयी एवं भरपर्दो बनाउन राज्यको नीति स्पष्ट रहनुपर्ने उल्लेख गर्दै सोही अनुरुप अनलाइन मिडिया सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । अनलाइन सञ्चार माध्यम सबै क्षेत्रको लागि भरपर्दो सूचना प्रवाहको माध्यम भएकोले नेपालको विकास र बिस्तारको लागि विशेष अभियानको रुपमा यसलाई सञ्चालनका लागि राज्यले नै पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै ढुंगानाले राजनीति , व्यवसायी र यस क्षेत्रका अगुवाहरले पनि मिडिया फ्रेड्ली वातावरण सृजना गर्न सिक्नुपर्ने बताउदै अनलाइन मिडिया हाउस र सबै पत्रकार एक भएर व्यवसायिक अनलाइन मिडिया सञ्चालनको अभियानमा एकजुट हुन जरुरी रहेको बताउनुभएकाे थियाे ।


काठमाडौं

बुधबार, जेष्ठ १६, २०८१

२६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन