fbpx

‘महिला सांसदहरुलाई हतोत्साहि नगरौँ’ उपाध्यक्ष विमला घिमिरे

author

समाचारपाटी

४ हप्ता अगाडि

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले महिला सांसदहरुलाई हतोत्साहि गर्नु नहुने बताउनुभएको छ । आईतवार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरुले बोलेको कुरालाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै उहाँहरुलाई अत्याउने र हतोत्साहि गर्नु नहुने बताउनुभएको हो । उहाँले महिला सांसदहरुले संसदमा बोलेको कुरालाई लिएर ०६४ सालको संविधान सभादेखि नै टिका टिप्पणी गरिने गरेको बताउनु भयो । उहाँले महिला सांसदहरुको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्नु नहुने बताउनु भयो । उहाँले संविधानले महिलाहरुलाई दिएको अधिकारको प्रयोग गरेर सांसद भएकाहरुलाई अनावश्यक टिकाटिप्पणी गर्नु नहुने बताउनु भयो । उहाँले विगतका राजनीतिक आन्दोलनमा सक्रिय भुमिका खेलेका महिलाहरुलाई सांसद बनाउँदा उहाँहरुमा बोल्ने कलाको विकास नहुनु स्वभाविक भएको भन्दै त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनु भयो । उपाध्यक्ष घिमिरेले व्यक्तिको बोल्ने तरिका फरक–फरक हुने गरेको भन्दै सांसदहरुले जुन तरिकामा भएपनि आफ्नो भावना व्यक्त गर्ने गरेका बताउनु भयो । उहाँले सांसदहरुको भावनालाई लिपिवद्ध गर्ने व्यवस्था रहेको भन्दै कतिपय महिला सांसदहरुले बोलेको कुरालाई भावमा बुझ्नुपर्ने बताउनु भयो । उहाँले महिला सांसदहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पहिले पहुँच दिएर मात्रै क्षमता अभिवृद्धिको कुरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला हुनासाथ क्षमताविहिन र पुरुष हुनासाथ क्षमता भएको नहुने भन्दै ति कुराहरु परिस्थिति अनुरुप हुने बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘क्षमताको विकास गर्नुपर्छ । त्यो सकारात्मक कुरा हो । तर क्षमता विकास भइसकेकालाई ल्याउने कि ? त्यो क्षेत्र, समुदायलाई समेटेर यहाँ ल्याउने भन्नेकुरा हाम्रो व्यवस्था अनुसार गर्ने हो । हिजो महिलाहरु आन्दोलनका लागि लड्नुभएको हो । लडाइँमा अग्रपंक्तिमा रहनुभएका महिला माननीयहरु अहिले आएर संसदमा बोल्न सक्नुहुन्न नि त । हामी आफैँ के भन्छौँ भने पार्टीहरुले उम्मेदवार दिदाँखेरी पैसावाला खोजेर दियो । पहुँचवाला खोजेर दियो । आफ्ना मान्छे खोजेर दियो भनेर त्यो कुरा उठाइरहँदा सामान्यतया हिजो काम गरेका मान्छेलाई ल्याउनुप¥यो । हिजो भुगोलमा काम गरेका साथीहरु जनतासँग जोडिनुभएको छ । तर माथि बोल्ने तरिका फरक हुनसक्छ । महिला माननीयहरु त्यहाँ गएर बोल्न सक्नुभएन होला । तर उहाँहरुको भावना व्यक्त भएको छ । भावनालाई लिपिवद्ध गर्ने त सचिवालय छ । कम्युटर गर्ने छन् ।  कानूनविद्हरु छन् । भावना प्रमुख कुरा हो । जब भावना, विचार नै उसमा व्यक्त हुँदैन भने कम्युटरमा बस्ने मान्छेले केही पनि गर्न सक्दैनन् । उसको भावनालाई लिपीवद्ध गर्ने व्यवस्था छ । कहिलेकाहीँ महिलाहरुले भनेको कुराहरुलाई भावमा बुझौँ । शब्द शब्दमा खेलेर उहाँहरुलाई अत्याउने, हतोत्साहि गर्नेखालको कुरा नगरौँ भन्ने मेरो आग्रह छ । महिला माननीयको विभिन्न खालका समस्याहरु छँदैछन् । पारिवारिक, सामाजिक, व्यक्तिगत । धेरै खालका छन् नि त फरक । त्यति हुँदा पनि क्षमता वृद्धि गर्नुपर्छ । पहिलो कुरा हाम्रो संविधानमै भएको व्यवस्था, सकारात्मक विभेदको नीति लागु गरिनेछ भन्ने छ । एकदमै क्षमतावान पुरुष हुनसक्छ । एकदमै क्षमता नभएको महिला पनि हुनसक्छ । तर त्यहाँ सकारात्मक विभेदको नीति लागू भएको छ । हाम्रो संविधानले व्यवस्था गरेको हो । अब उहाँहरुको अहिलेसम्म पछाडी परेको हुनाले अहिले केही कुरा उहाँहरुले जानिहाल्नु भएन, कुराहरु भन्न सक्नुभएन भनेपनि त्यो एउटा राज्यले दिएको क्षतिपूर्ति हो । सकारात्मक विभेद भनेको त त्यहीँ हो । तर यसको अर्थ महिला सबै नजान्ने, पुरुष सबै जान्ने पनि त होइन । कहिल्यै सदनमा नबोल्ने पुरुष पनि हुनुहुन्छ । या अन्य ठाउँमा पनि एकदमै क्षमतावान महिला, क्षमता नभएको पुरुष पनि त हुनुहुन्छ । त्यो त एउटा परिस्थितिजन्य कुरा पनि हो ।’

उपाध्यक्ष घिमिरेले उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष तथा स्थानीय तहको उपप्रमुखको पद महिलाहरुकै लागि हो भन्ने मानसिकता बनेको भन्दै त्यसलाई चिर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको आफ्नै अधिकारहरु रहेको भन्दै सो पद अध्यक्षको छायाँको रुपमा नरहेको बताउनु भयो । उहाँले उपाध्यक्षको अधिकारलाई बढाएर सो पदमा पुरुषहरु पनि आकर्षित हुने अवस्था बनाउनुपर्ने बताउनु भयो । उहाँले समाजमा पुरुषप्रधान मानसिकता रहको भन्दै त्यस्तो प्रकारको विचारकै पुनःसंरचना गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘प्रायः उपाध्यक्षमा महिला भएको त हो । तर उपाध्यक्ष हुँदैमा यो महिलाकै पद हो भन्ने त होइन । स्थानीय तहमा जाँदा उपप्रमुख महिलाकै सिट हो भन्ने खालको मानसिकता छ । उपसभामुख भन्दापनि महिलाकै सिट जस्तो लाग्ने । समानुपातिकका सांसद भन्दा निर्वाचित नै भएर आएको सांसदहरुलाई पनि तपाई समानुपातिक हो ? भनेर सबैले सोधिन्छ । मलाई म राष्ट्रिय सभाको हो भनेर परिचय दिँदाखेरी तपाई समानुपातिक हो ? भन्नुहुन्छ । मानसिकता त्यस्तो छ । मेरो परिधिभित्र रहेर मैले आफूलाई कति क्रियाशिल बनाउँछु भन्ने कुरा हो । उपाध्यक्ष आफैँमा छायाँ चाहिँ होइन । उपाध्यक्षको आफ्नै अधिकार छन् । आफ्नै कर्तव्य छन् । म उपाध्यक्ष भइरहँदा मैले पुरुष अध्यक्ष छ भन्दैमा अध्यक्षको अधिकार सबै मलाई चाहिन्छ भन्न थालेँ भने त विवाद हुन्छ । भोलि त्यही अध्यक्षको पदमा महिला गयो भने के गर्ने त ? नकारात्मक रुपमा पनि हेर्नुहुन्न यसलाई । नमिलेका कुराहरु मिलाउँदै जानुपर्छ । उपाध्यक्षको अधिकार पनि अझै बढाउन सकिन्छ कि ? ता कि उपाध्यक्ष पुरुष पनि हुन चाओस् । त्यसको महत्व, गरिमा बढाउँदा त महिलाको गरिमा मात्रै बढ्दैन नि त । सँगै त्यो ठाउँमा पुरुष जाँदा, महिलालाई अध्यक्ष दिउँ भन्ने हुनसक्ला नि त । ठुलो पदमा पुरुष नै जानुपर्छ भन्ने मानसिकताबाट अलिकति डाइभर्ट पनि हुनसक्छ । स्थानीय तहमा धेरै महिला उपप्रमुख हुनुहुन्छ । साँच्चै भन्दा प्रमुखको भन्दा उपप्रमुखको अधिकार धेरै छ त्यहाँ । त्यसलाई हामीले कति लागू गर्नसक्यौँ । त्यसैले कतिपय हाम्रो मानसिकतासँग जोडिएका छन् । कतिपय व्यवहारिकतासँग जोडिएका छन् । हामीले राज्यको पुर्नसंरचना ग¥यौँ । तर हाम्रो दिमागमा चाहीँ दिमाग पुरानै छ । दिमागको, विचारको पनि पुनःसंरचना गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’उहाँले राष्ट्रिय सभा उपाध्यक्षको रुपमा आफूले प्रभावकारी भुमिका खेल्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन