काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उपाध्यक्ष अर्यालले राष्ट्रियसभा उपाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिनुभएकाे हाे।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे उपस्थिति हुनुहुन्थ्याे।
माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य रहनुभएकी अर्याल सोमबार निर्विरोध निर्वाचित हुनुभएकाे थियाे । उपाध्यक्षमा एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।