fbpx

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारलाई सांसद विमला घिमिरेको ध्यानाकर्षण

author

समाचारपाटी

९ महिना अगाडि

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै राष्ट्रिय सभा सदस्य घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विमानस्थल बनाउन अर्बौं रुपैयाँ खर्च भएको भन्दै हवाइ रुट नपाएको कारण बन्द हुने अवस्था आउनु दुःखद् भएको बताउनु भयो । उहाँले कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत उत्पादन सँगै सिंचाईमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो – ‘कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत उत्पादनसँगै सिंचाईमा प्रयोग गर्न सक्दा रुपन्देही र कपिलवस्तुका अधिकांश जमिनमा सिंचाई हुनसक्छ भने सिक्टा सिंचाई आयोजना सञ्चालनमा आउन सक्दा बाँके र बर्दियाका हजारौँ बिगाहा जमिन सिंचाई हुनसक्छ । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाँ अर्बौं खर्च भइसकेको छ । उक्त विमानस्थल हवाइ रुट नपाएको कारण बन्द हुनुपर्ने अत्यन्तै दुःखद् पक्ष हो । यसलाई कुटनैतिक पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 
राष्ट्रिय सभा सदस्य घिमिरेले सिक्टा सिंचाई आयोजना सञ्चालन गर्दा बाँके र बर्दियाका हजारौँ बिगाहा जमिन सिंचाई हुने भन्दै यसतर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन