fbpx

‘जसलाई जे मन लागेको छ त्यही बोलेको छ, नियम चाहिँदैन, संविधान चाहिँदैन’:-वामदेव गौतम

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न नसकेको बताउनुभएको छ । 

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा सदस्यले भुमिका खेल्न नसकेको बताउनुभएको हो । उहाँले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने बताउनु भयो । उहाँले संसदको अवरोध हटाउन सरकार सहयोगी हुने भएपनि सरकारले गरेन भन्ने गरिएको बताउनु भयो । उहाँले कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र निति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मान्नेहरुले संसद अवरोध गरिरहेको उल्लेख गर्दै जनताको बहुदलिय जनवादको सिद्धान्तले यही भन्छ भनि प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘अवरोध भइरहेको छ संसद तर त्यसको मुख्य जिम्मेवार त्यो सदनको अध्यक्षको हुन्छ । राष्ट्रिय सभामा राष्ट्रिय सभा अध्यक्षको हुन्छ । प्रतिनिधि सभामा सभामुखको हुन्छ । मैले त्यो अवरोध हटाउनको निम्ति भुमिका खेलेको जस्तो महशुस गर्न सकिन । यद्यपी मैले थाहा नपाएर पनि त्यो हुनसक्छ । यद्यपी सरकारले गरेन, सरकारले गरेन भनेर भन्ने मैले सुन्छु । सरकार सहयोगी हुन सक्छ । यहाँको निम्ति, सदनको निम्ति अध्यक्षभन्दा माथि अर्को छैन । प्रतिनिधि सभाको निम्ति सभामुख हो । तर राष्ट्रिय सभाको निम्ति राष्ट्रिय सभाको अध्यक्ष हो । हामी कस्तो संस्कार, संस्कृतिसहितको सदन हाम्रो पुस्ताहरुलाई दिन चाहान्छौँ ? समाजवाद पनि यही संसदबाट निर्माण गर्ने भनेर हामीले संकल्प गरेका छौँ र जनताको बहुदलिय जनवादलाई मान्नेहरुले संकल्प गरेका छन् । के यस्तै हुन्छ संविधान निर्माण गर्ने थलो ? यस्तै हुन्छ नीति, कार्यक्रम पास गर्ने थलो ? जे मन लाग्यो त्यही गरेको छ । जसलाई जे मन लागेको छ त्यही बोलेको छ । नियम चाहिँदैन । संविधान चाहिँदैन । केही पनि चाहिँदैन । जस्तोसुकै बोलेको छ, र संसद अवरोध गरेको छ । कसैलाई मन लाग्यो संसद अवरोध । जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मानेर आउनेहरुले नै आज संसद अवरोध गरिराखेको छ । के जनताको बहुदलिय जनवादको सिद्धान्तले भन्छ ?’उहाँले शुन्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै यसलाई पनि बैठकको कार्यसूचीमा उल्लेख गर्नुपर्ने बताउनु भयो ।  


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक