जनताको पक्षमा काम गर्न नसके सरकारबाट बिदा लिनुपर्छः सांसद कुमार दसौँदी

author

समाचारपाटी

१ year अगाडि

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बिदा हुनुपर्ने बताउनुभएको छ । 

सोमवारको राष्ट्रिय सभको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले एक थोक भनेर अर्कै काम गर्ने गरेको बताउनु भयो । उहाँले जनताको काम पूरा गर्न नसके पदबाट बिदा लिएर बस्नुपर्ने बताउनु भयो । उहाँले सांसदहरुले संसदमा उठाएका कुराहरु सम्बोधन नहुने हो भने बोल्नुको कुनै औचित्य नहुने बताउनु भयो । उहाँले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनतालाई आवश्यक राहत दिन नसकेको बताउनु भयो । उहाँले सरकारले अस्थायी आवास नबनाइदिँदा चिसोका कारण ४५ जना भन्दा बढी भूकम्पपीडितहरुको ज्यान गएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले संसदमा बोल्ने की नबोल्ने ? यो अनौठो विषय भएको छ । संसद शुरु भएदेखि जाजरकोट रुकुममा गएको भूकम्प सन्दर्भमा धेरै मान्यज्युहरुले दर्दनाक अवस्था भनेर उठाउनुभएको छ । राष्ट्रिय समन्वय समितिको तर्फबाट हामी अन द स्पोट मंसिर ११ र १२ मा गयौँ । प्रत्यक्ष रुपमा जनतासँग त्यहााँका पीर मर्काका बारेमा छलफल गरेर, सबैसँग छलफल गरेर भोलिपल्टै गृहमन्त्री,गृहसचिव, प्राधिकरणका सिइओसँग छलफल गरेका थियौँ । हामीले अहिले चिसो बढ्दैछ, प्लास्टिकभित्र बस्ने जनताले झनै समस्यामा पर्छन् । धेरैको ज्यान जानसक्छ, यसबाट हुँदैन । अस्थायी भवनबाट निर्माण गर्नुस् भनेका थियौँ । उद्धार गर्ने काम जति भयो त्यो ठिक छ तर उद्धार र औषधि उपचार गरेर हुँदैन, ज्यान बचाउने कुरा मुख्य हो, यसमा विशेष ध्यान दिनुपर्छ भनेका थियौँ । दोस्रो कुरा घरहरु भत्किएका छैनन् तर भित्र चर्किएका छन् । त्यो घर भत्किँदा धेरैको ज्यान जानसक्छ, त्यो भत्काउन सरकारले ध्यान दिओस् र राहत जतिसक्दो छिटो पु¥याउन ध्यान दिओस् भनेका थियौँ । हामीले ती अस्थायी भवन बनाउन नेपाली सेना, सशस्त्र प्रहरी जनपथ प्रहरी सञ्चालन गर्न सुझाव दिएका थियौँ । गृहमन्त्रीले सेना परिचालन गर्ने निर्णय गरिसकेका छाँै भन्नुभयो । धेरै नै धन्यवाद भनेका थियौँ । तर जनता अहिलेसम्म परिचालन भएर अस्थायी आवास बन्न नसक्दा रोइ कराइ गरिरहेका छन् । सरकार भन्छ एकथोक र गर्छ अर्कोथोक । किन यस्तो गरिरहेको छ । सरकार कसका लागि गर्ने भनेर बनेको हो । जनताको हीतमा काम गर्न नसके किन सरकारमा बस्ने ? मेरो जिम्मेवारी पूरा गर्न नसके म किन बस्ने, बिदा लिनुपर्छ । अर्को आएर बस्छ । अर्कोले काम शुरु गर्छ । जब देश र जनतालाई सेवा दिन, प्रवाह गर्न सकिँदैन, ठिक ढंगले सञ्चालन गर्न सकिँदैन, भने त्यसबाट मुक्त हुनुपर्छ । आज ४५ जना बढीले ज्यान गुमाइसके । सरकार कुनै संवेदनशीलता छैन ।’ 
सरकारले सांसदहरुले दिएको सुझावलाई गम्भीरताका साथ नलिएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’