fbpx

‘तोकिएकै समयमा संसद भवन बन्न सक्दैन, सरकारले चासो देखाओस्’:-राष्ट्रिय सभा समिति

author

समाचारपाटी

१ year अगाडि

दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको स्थलगत अनुगमन गरेका छन् । 

राष्ट्रिय सभाका दुई समितिका सदस्यहरुले बिहीवार निर्माणधिन संसद भवनको भौतिक प्रगतिको बारेमा जानकारी लिनुका साथै स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो । निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तोकिएकै समयमा निर्माणधिन संसद भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताउनु भयो । उहाँलै चैत्र १२ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समय दिएको भएपनि समयभित्रै सम्पन्न हुन नसक्ने अवस्था अवलोकनपछि देखिएको बताउनु भयो । उहाँले काम ढिलो भइरहेको र ढिलो हुनुमा सामान खरिद प्रक्रियादेखि आवश्यक पर्ने मजदुर काममा नखटाएको लगायतका समस्या देखिएको बताउनु भयो । उहाँले २०८१ का अधिवेशनहरु नयाँ संसद भवनबाट सञ्चालन गर्नेगरी काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । 

उहाँले भन्नुभयो, ‘संविधान जारी गरेपछि र संविधान सभा समेत बानेश्वरको आइसीसी भवनमा चलेको थियो । बाहिर राख्दा खर्च पनि धेरै नै थियो । त्यससँगै सरकारले सिंहदरबारभित्र नै संसद भवन बनाउने कुरा राम्रो पनि हो । यो भवनलाई समयमा नै सम्पन्न गर्ने कुरामा अझै तोकिएको समयमा सकिने सम्भावना छैन । चैत्रको १२ गते सम्ममा सक्ने भन्ने आयोजनाको डेट लाइन थियो । त्यसमा सकिने सम्भावना छ की छैन र त्यसमा केके सम्भावनाहरु छन् भनेर हामीले आयोजनाकै तर्फबाट यसका प्रतिवेदनहरुमा हामीले छलफल पनि गरेका छाैँ । त्यसपछि हामीले स्थलगत रुपमा नै समस्या के रहेछन् भनेर अवलोकन गरेका छौँ । दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको तर्फबाट अनुगमन गरेका छाँै । तोकिएको समयभित्र सकिने सम्भावना छैन । काम ढिलो नै भइरहेको छ । खरिद प्रक्रियादेखि सामान ल्याउने बारेमा समस्या भएको र कामदार आवश्यक नलगाएको भन्ने समस्या देखियो । सरकारले विशेष चासो राखोस् । २०८१ का अधिवेशनहरु यहीँबाट सञ्चालन हुनेगरी तयारी गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ ।’ 

अनुगमनका क्रममा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले निर्माणधीन संसद भवनको स्ट्रक्चरको काम सकिसकेको बताउनु भयो । उहाँले असार मसान्तसम्म इन्टेरियरको काम सकिसक्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिलेको अवस्था भनेको स्ट्रक्चरको काम सकिसकेको अवस्था छ । मुख्य संरचना भनेको प्रतिनिधि सभा र राष्ट्रिय सभा हो । त्यसको छानाको काम थियो, त्यो सकिसकेको छ । छाने छाउने काम थालिसकेका छाैँ । त्यो सकिएपछि हलभित्रको डेकोरेशनको काम शुरु हुन्छ । असार मसान्तसम्म इन्टेरियरको समायावधि दिएका छाैँ । त्यो सम्मा मुख्य संरचनाहरु सकिनेछन् । आउँदो वर्षे अधिवेशनलाई लक्षित गरी काम अघि बढाइएको छ ।’ उहाँले आगामी वर्षे संसद अधिवेशनलाई लक्षित गरी काम भइरहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन