fbpx

‘राष्ट्रिय सभा वृद्धहरुको सभा भन्ने भाष्यलाई कानून निर्माण गरेर खण्डित गर्नुपर्छ’:- देवेन्द्र दाहाल

author

समाचारपाटी

११ महिना अगाडि

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले राष्ट्रिय सभालाई वृद्धहरुको सभा भन्ने भाष्यलाई कानून निर्माण र कामले गलत सावित गर्नुपर्ने बताउनुभएको छ । 


बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस पटकको सभामा केही नाम चलेका सदस्यहरु पनि आएको भन्दै सभाको गरिमा झनै थपिएको अनुभुति आफूलाई भएको बताउनु भयो । उहाँले राष्ट्रिय सभा विधायकी अभ्यासमा चेक एण्ड ब्यालेन्सको लागि पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने थलो भएको बताउनु भयो । उहाँले प्रतिनिधि सभाबाट आएका विधेयकहरु कानून निर्माणको सन्दर्भमा आएका विधेयकहरु छलफल गर्ने सन्दर्भमा केही समस्याहरु भए भने राष्ट्रिय सभाले सच्याउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यस पटक यो सभामा मैले चिनेका, नाम सुनेका, चलेका मान्यज्युहरु पनि आउनुभएको छ । त्यसैले गर्दा यसबाट यो सभाको गरिमा माथि उठेको छ भन्ने लागेको छ । यो सभालाई पटक पटक बुढापाकाहरु थन्क्याउने सभा भयो भन्ने चर्चा पनि चलेको छ । त्यसलाई यो सभामा खेलेको भुमिकाबाट त्यो कुरालाई हामीले खण्डित गर्न सक्नुपर्छ । यो सभा विधायकी अभ्यासमा चेक एण्ड ब्यालेन्सको लागि पनि महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । प्रतिनिधि सभाबाट आएका विधेयकहरु कानून निर्माणको सन्दर्भमा आएका विधेयकहरु छलफल गर्ने सन्दर्भमा केही समस्याहरु भए भने यसले सच्याउनेछ ।’ 
उहाँले पार्टी भन्दा माथि उठेर पनि राष्ट्रिय सभा सदस्यहरुले आफ्ना भुमिका निर्वाह गर्न सक्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन