पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भयाे म्याग्दीको नारच्याङ झरना

author

समाचारपाटी

२ years अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ मा रहेको नारच्याङ झरना नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ ।

नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना अवलोकनका लागि आउने पर्यटकको चहलपहल बढेको हो । झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको स्थानीय अन्नपूर्ण युवा क्लवका अध्यक्ष टक पुनले बताउनुभयाे ।

‘चाररपाँच वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो,’उहाँले भन्नुभयाे, ‘झरना नजिकै पुग्ने पदमार्ग निर्माण र प्रचारप्रसार भएपछि स्वदेशी र विदेशी पर्यटक आउन थालेका हुन् ।’

दैनिक एक सय जना स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकन गर्न आउने पुनले बताउनुभयाे । अन्य समयको तुलनामा विदाको दिन पर्यटक बढी आउने गर्छन् । परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न संघ संस्थाबाट सामूहिक भ्रमणमा आउने गरेका हुन् । नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको अवलोकनका लागि गएका बेनीका सचिन शाक्यले बताउनुभयाे ।

यो झरनाको उचाइ तीनसय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृष्य देख्न सकिन्छ । पर्यटकहरुले झरनासँगै तस्बिर, भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने भएकाले प्रचारप्रसारमा सहयोग पुगेको छ ।

समुदायले नारच्याङ गाउँदेखि झरना सम्म पुग्ने कच्चि पदमार्ग, दृष्य अवलोकन स्थल र घेराबार निर्माण गरेका छन् । झरनाको नजिकै रहेको भूमे देवताको थान नारच्याङबासीको धार्मिक स्थल हो । सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ ।

भूमेथान परिसरमा अन्नपूर्ण गाउँपालिकाको सात लाख अनुदानमा घेराबार र दृष्य अवलोकन स्थल बनाइएको छ । सार्वजनिक शौचालय निर्माण भएको छ । विश्रामका लागि भवन निर्माणाधिन छ ।

बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारी साधन र तीस मिनेट पैदल हिडेर झरनामा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सात वटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ । होमस्टे सञ्चालक फक्तबहादुर तिलिजाले स्थानीय परिकार बनाएर पाहुनालाई चखाउने गरिएको बताउनुभयाे ।

अन्नपूर्ण गाउँपालिकाले झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग, दृष्य अवलोकन स्थल र झरना अगाडी पुल बनाउने परिकल्पना सहित डिपिआर तयार पारेर योजना अघि बढाएको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयाे । प्रदेश सरकारले चालू आर्थिक वर्षमा बिनियोजन गरेको १० लाख बजेटबाट उकालो बाटोमा रेलिङ सहितको पदमार्ग निर्माणको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयाे ।

annapurnapost


काठमाडौं

शनिबार, जेष्ठ ११, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन