‘हामीले सबैसँग छलफल गर्दैछौं, गठबन्धन परिवर्तन गर्ने निश्कर्षमा पुगिसकेको छैन’:-नारायणकाजी श्रेष्ठ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।

भेटपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताउनुभयाे । पुरानो गठबन्धन ब्युँताउन लाग्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले जवाफ दिनुभयाे, ‘अझै टुंगो छैन ।’

भेटमा सहभागी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरुसँग छलफल गर्ने क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी गरेको बताउनुभयाे । तर गठबन्धन बदल्ने निष्कर्षमा नपुगेको उहाँले बताउनुभयाे ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको भन्दै उहाँले अरु पार्टीहरुसँग पनि छलफल गर्ने बताउनुभयाे । ‘हामीले सबैसँग छलफल गर्दैछौं, गठबन्धन परिवर्तन गर्ने निश्कर्षमा पुगिसकेको छैन’उहाँले भन्नुभयाे ।

नेता श्रेष्ठले अगाडि भन्नुभयाे, ‘हामीले छलफल त सबैसँग गर्दैछौं । एमाले अध्यक्षसँग हाम्रो पार्टीका अध्यक्षले छलफल गरिरहनुभएको छ । अहिले एकीकृत समाजवादीसँग गरेका छौं । जनता समाजवादी पार्टीसँग गर्दैछौं । नागरिक उन्मुक्ति पार्टी, जनमत लोसपा सबैं पार्टीसँग छलफल गर्छौं ।’


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन