अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ । 

शुक्रबार बिहान सो विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उहाँले सो चेतावनी दिनु भएको हो । त्यसअवसरमा सञ्चारकर्मीहरुले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि मिलेमतो हुने गरेको छ नि ? भन्ने प्रश्न गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिनु भयो । उहाँले सुनको अवैध धन्दाजस्ता अपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत नहुने गरी नयाँ योजना ल्याउने घोषणा समेत गर्नु भयो । उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भिर्यता अपनाउन नसकेको स्विकार गर्दै आईन्दा त्यस्तो अवस्था आउन नदिने दृढता समेत व्यक्त गर्नु भयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पु¥याएरै छाडने समेत दोेहो¥याउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सो सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकीर समेत गर्नु भयो । आफूलाई भ्रष्टाचार विरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उहाँको जिकिर थियो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नु भयो,  ‘अहिले जो सुकै भएपनि अव अन्तराष्ट्रिय विमानस्थल त्यसमा पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाम्रो मुख्य विमानस्थल हो । यसले ५-६ वटा कुरामा हामीलाई असर पार्छ । एउटा राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको निम्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हाम्रो निगरानी, भूमिकाले धेरै अर्थ र महत्व राख्छ भन्ने कुरा तपाईहरु सबैलाई थाहा नै छ । तेस्रो कुरा राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षा पछाडि यसको अपराध नियन्त्रणको कुरा, अपराधीहरु हाम्रो देशमा अपराध गरेर बाहिर जाने स्थिति नहोस वा बाहिर अपराध गरेर यहाँ आउने स्थिति नहोस् र अपराधको अन्तराष्ट्रिय करणलाई यसले सघाउ पु¥याउन नजाओस् । हामीले त्यसको नियन्त्रणमा भूमिका खेल्न सकौं । यो प्रकारको भूमिका पनि खेल्नुपर्ने हुन्छ । चौंथो कुरा अव हामीले भन्सार राजस्वमार्फत् देशमा राजस्व संकलनको काम पनि गरेका छौं । यसको भूमिका पनि हुन्छ । त्यहाँ पनि लिकेज हुने कामद्धारा राष्ट्रलार्य नोक्सानी पु¥याउने हुनु भएन । त्यसमा पनि हाम्रो ध्यान जानु पर्दछ  भने अर्कोतिर चाँही हाम्रो पर्यटन क्षेत्रतिर कस्तो भूमिका खेल्ने भन्ने चाँही यो अन्तराष्ट्रिय विमानस्थलमा हाम्रो व्यवहारहरुले असर पार्छ । पार्छ । हामी एकदम आउन साथ राम्रोसँग स्वागत गर्छौ कि गर्दैनौं ? व्यवस्थापन सरल र प्रविधिमैत्री बनाउँछौं कि बनाउँदैनौं ? यहाँको सुरक्षा उनीहरुलाई ठिक लाग्छ कि लाग्दैन ? भन्ने कुराले पर्यटन प्रवद्र्धनमा पनि यसले असर पार्छ । र, अन्तत सिंगो देशको राष्ट्रिय प्रतिष्ठा के भएको छ भन्ने कुरा यहाँ भूमिका खेल्दछ । यो सबै प्रक्रियालाई हामीले ध्यान दिएर नै अगाडि बढनुपर्ने स्थिति छ भनेर यो समग्रमा ध्यान दिनुपर्ने विषयमा ध्यानाकर्षित गराइएको छ । जहाँसम्म अहिलेको प्रक्रिया हो । यसका अनुसन्धानका लागि छानविन समिति बनेको छ । यसले नै अनुसन्धानको प्रक्रिया अगाडि बढाउँछ । तर हामीले पहिलादेखि नै भनेको एउटा ल्याप्सेस चाँही अराईभलको लगेजमा पनि, कार्गोमा पनि कहीँ पनि प्रहरीको उपस्थिति रहँदैन अहिलेको प्रक्रियामा । अहिले पनि हामीले त्यहाँ सल्लाह ग¥यौं । तपाईहरुलाई प्रहरी चाँहिदैन भनेर भन्सारका साथीहरुलाई भन्यौं । प्रहरी भए राम्रै हुन्छ भन्नु भएको छ । तपाईहरुले पहिला माग त गर्नु भएको छैन । बरु हामीले नै मन्त्रीपरिषदको बैठकमा यसभन्दा अगाडि यो कुरा उठाएका थियौं कि हामीले सायद प्रहरीलाई पनि त्यहाँ सामेल गर्नुपर्छ । जब लगेज आउँछ  र स्क्रिनिङको प्रक्रिया सुरु हुन्छ । जव कार्गो आउँछ र स्क्रिनिङको प्रक्रिया सुरु हुन्छ । भन्सारको कर्मचारीको अतिरिक्त प्रहरी पनि भयो भने सहयोगी भूमिका हुन्छ भनेर हामीले भनेका छौं । अहिले भन्सारका साथीहरुले पनि र अरु यहाँ समन्वयमा रहनु भएका साथीहरुले पनि त्यो सही नै हो भन्नु भएको छ । यसबारेमा हामी आवश्यक निर्णय गर्नेनै छौं । यो बारेमा अनुसन्धान गर्ने कुरा अहिले सबै सम्पूर्ण रुपमा छानविन समितिलाई दिन्छु । अहिलेनै त्यसबारेमा अनुसन्धान गर्ने स्तरको मेरो निरीक्षण होइन । प्रक्रिया चाँही प्लेनबाट सामान लगेज र कार्गो कसरी निस्कँदो रहेछ, त्यो समान कसरी ल्याउँदो रहेछ, कार्गोमा कसरी आईपुग्दो रहेछ ? स्क्रिनिङमा के हुँदो रहेछ, लगेजको पनि सामान त्यहाँ कसरी जाँदो रहेछ भन्ने सम्म मैले निरीक्षण गरेँ । तर अव यो चाँही छानविन समितिले गर्छ । तपाईलाई नै त्यसको नाईके भनेर समाचार आईरहेका छन भन्ने प्रश्नमा उहाँले तपाईलाई यो प्रश्न गर्ने स्थितरको विषय लाग्यो यो ? त्यसकारणले यो चाँही यो उत्तर खोज्नुपर्ने स्तरको प्रश्न नै होइन । म चाँही चुनौति दिन्छु–यो देशको भ्रष्टाचारविरोधी अभियानलाई, यो देशमा सुशासन स्थापित गर्ने अभियानलाई सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा हामीले अहिले व्यवहारिक रुपमा गृह मन्त्रालयले नेतृत्व गरिरहेको छ । यसमा आम जनताको समर्थन छ । संगठित ढंगले कुनै पनि प्रकारबाट यसलाई ससफल पार्ने, यसलाई दिग्भ्रमित पार्ने काम भयो भने त्यसबाट हामी बिचलित हुने छैनौं । हामी सुशासन स्थापित गर्ने कामलाई दृढतापूर्वक अगाडि बढाउनेछौं । कसैले नसोचे हुन्छ–कि यसलाई भ्रम पार्न सकिन्छ । यसलाई विचलित गर्न सकिन्छ भनेर नसोच्दा हुन्छ । यो प्रकरण नाईकेहरुसम्म छानविन पुग्छ । पु¥याउनु पर्छ । अव त्यसमा यता, उता हुन सक्दैन । पुग्छ, पु¥याउनै पर्छ । अहिले प्रारम्भिक दिनमा त जहाँ प्राईमरी कनेक्सन छ । त्यही राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको छ । अव अनुसन्धान गर्दै जाँदा यसको जरोसम्म पुग्नु पयो नि । यसको सम्पूर्ण नेक्सससम्म पुग्नु प¥यो । र, कारबाहीको दायरामा सबै ल्याउनु पर्छ । अहिलेको घटनाको कारबाही एउटा, अर्को अव आईन्दा यस प्रकारको घटनाको पुनरावृत्ति हुन नदिनको निम्ति सम्पूर्ण नयाँ योजना बनाएर अघि बढनु पर्छ । हामीले सुन तस्करीबारे सम्पूर्ण रुपमा पुनरावलोकन गरेर जुन प्रकारको सचेतता, सावधानी र गम्भिर्यता अपनाउनु पर्दथ्यो । त्यसमा कमीकमजोरी भयो । भ्रष्टाचार र अपराधका कुनै घटनाबारे अनुसन्धान गर्दा कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलव छैन । राज्यले यसरी हेर्दैन । यति बुझे हुन्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानविन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानविनको काम गर्ने र त्यसमा सघाउ पु¥याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताउनु भयो । उहाँले आफूले अनुगमनको क्रममा अध्यागमन विभाग र भन्सार विभागको कामबारे सामान्य जानकारी लिएको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नु भयो, ‘केही दिन अघि हाम्रो त्रिभुवन विमानस्थलको भन्सारको सम्पूर्ण प्रक्रियाहरु पार गरेर अवैधानिक रुपमा रुपमा करिव एक क्वीन्टल सुन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर गएको र राजस्व अनुसन्धान विभागले त्यसलाई नियन्त्रणमा लिएर त्यसमा प्रारम्भिक रुपमा देखिएको केही व्यक्तिहरुलाई अनुसन्धानको प्रक्रिया अघि बढाएको तपाई हामीालाई थाहा छदैछ । त्यस सम्बन्धमा राजस्व अनुसन्धान अन्तरगत एक छानविन समिति पनि बनाइएको छ । र, त्यसले आफ्नो छानविनको प्रक्रियालाई अघि बढाएको छ । यो छानविन र अनुसन्धानको प्रक्रियालाई त्यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनु पर्छ । र, जस्तोसुकै र जोसुकै भएपनि त्यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रक्रियामा जानुपर्छ भन्ने हाम्रो जोड रहेको छ । र, सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीले पनि यही रुपमा निर्देशन दिनु भएको छ । र, मैले अहिले पनि सम्बन्धित सबै अधिकारीहरुलाई यसबारेमा कडा निर्देशन दिएको छु । र, अहिले त्यो छानविन समितिलाई नै राज्यका अरु निकायले सघाउ पु¥याउने काम हुनेछ । अहिले हामी त्यसरीअघि बढनेछौं । आवश्यक्ता प¥यो भने नेपाल प्रहरीले अहिले सहयोग गर्नेछ । आवश्यक्ता प¥यो भने हाम्रो सिआईवीले वा अपराध अनुसन्धान शाखाजस्ता निकायहरु छन । उनीहरुले नै आवश्यक्ता प¥यो भने यसको अनुसन्धान पनि गर्न सक्नेछन ।  तर, अहिले राजस्व अनुसन्धानको नेतृत्वमा जुन समिति बनेको छ । त्यसले नै अनुसन्धानको प्रक्रियालाई अगाडि बढाउँछ । त्यसलाई सहयोग गरेर सफल पार्नु हामी सबै निकायहरुलाई निर्देशन दिन्छौं । त्यही गरिराखेका छौं ।’

उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्नका लागि छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताउनु भयो ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन