fbpx

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

author

समाचारपाटी

२ महिना अगाडि

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुकी भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो ।

चामल बोकेको सो ट्रक पल्टिँदा च्यापिएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ बस्ने ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार जारी छ ।

दुर्घटनापछि फरार ट्रक चालक दिनेश पुडासैनीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी गत शनिबार चितवनको चित्रवन स्कुलका विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये एक जनाको उपचारको क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा कालिका नगरपालिका-३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आरम्भ पोखरेल छन् ।


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक