म्यानमारमा देशव्यापी रूपमा गर्मी बढेसँगै सरकारले शतर्कता अपनाउन आग्रह गरेको छ । मौसम तथा जलविज्ञान विभागकाअनुसार सागिङ क्षेत्र र पूर्वी शान राज्यमा दिउँसोको तापक्रम अप्रिलको औसतभन्दा ५ डिग्री सेल्सियसले बढेको हो । त्यसैगरी नेपी ताव, मण्डले, म्याग्वे, उत्तरी र दक्षिणी शान राज्य, चिन राज्य र काया राज्यलगायत अन्य क्षेत्रको तापक्रम सामान्य औसतभन्दा ३ देखि ४ डिग्री सेल्सियसले बढेको छ । दक्षिणपूर्वी एशियाली राष्ट्रमा तापक्रम बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले शुक्रवार गर्मीसँग सम्बन्धित विकारहरूलाई सम्बोधन गर्न स्वास्थ्य दिशानिर्देशहरू जारी गरेको छ ।
सिन्ह्वा