थाई अधिकारीहरूले म्यानमारमा मानव बेचबिखन र ठगी कार्यको शिकार भएका ६१ विदेशी नागरिकहरू प्राप्त गरेको उपप्रधानमन्त्री फुम्थम वेचायचाईले बताउनुभएको छ । उद्धार गरिएका व्यक्तिहरूमा ३९ चिनियाँ नागरिक, १३ भारतीय, पाँच इण्डोनेसियाली र इथियोपिया, पाकिस्तान, मलेसिया र काजाकिस्तानका एक–एक जना समावेश छन् । उद्धार गरिएका व्यक्तिहरूलाई तुरुन्तै सम्बन्धित एजेन्सीहरूको हेरचाहमा राखिएको छ । यसैबीच म्यानमार समाचार एजेन्सीले म्यानमार सरकार अनलाइन घोटाला र जुवा नेटवर्कहरूलाई उखेल्न छिमेकी देशहरू र अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्न प्रतिवद्ध रहेको बताएको छ । कुनैपनि सान्दर्भिक गुप्तचरको द्रुत सञ्चारमा जोड दिँदै स्थानीय र क्षेत्रीय स्रोतहरूबाट जानकारी सङ्कलन गर्ने प्रयासहरूलाई बलियो बनाइँदैछ ।
सिन्ह्वाको