एमडब्लुसी २०२५ मा इनफिनिक्स को उत्कृष्ट प्रदर्शन

author

समाचारपाटी

१ महिना अगाडि

इनफिनिक्स, मोबाइल प्रविधिको एक विश्वव्यापी अग्रणी ब्रान्डले बार्सिलोना, स्पेनमा आयोजित मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) २०२५ मा आफ्ना सोलार इनर्जी रिजर्भिङ प्रविधि र एआई-ड्रिभन सुविधाहरू मार्फत दर्शकहरूलाई मोहित गर्‍यो। यी अत्याधुनिक प्रविधिहरूले प्रतिष्ठित पुरस्कारहरू जित्दै, कम्पनीको दिगो र प्रविधि-केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो।

कम्पनीले प्रस्तुत गरेको कन्सेप्ट स्मार्टफोनको पछाडिको भागमा एकीकृत पेरोभस्काइटसोलार सेल्स रहेका छन्, जसले वरपरको प्रकाश उपयोग गरी हरित ऊर्जा-आधारित चार्जिङ को सुविधा प्रदान गर्छ। एमडब्लुसीद्दण्द्दछ मा बेस्ट फोन कन्सेप्ट पुरस्कार जित्दै, यस प्रविधिले भविष्यमा स्मार्टफोन चार्जिङको परिदृश्य बदल्ने सम्भावना उजागर गर्यो।

यसैक्रममा, इनफिनिक्स ले सौर्य चार्जिङ (सोलार चार्जिङ) फोन केस समेत प्रस्तुत गर्‍यो, जुन प्रोटोटाइप डिभाइसहरूसँग साइड सम्पर्कमार्फत जडान हुन्छ। यसले विद्युत् अभाव वा बाहिरी यात्रा को समयमा सहज चार्जिङको सुविधा प्रदान गर्छ।

यसबाहेक, कम्पनीले दोस्रो पुस्ताको ई-कलर सिफ्ट प्रविधि अनावरण गर्‍यो, जसमा ईइन्क पछाडिको प्यानल प्रयोग गरिएको छ। यस प्रविधिले फोनको आन्तरिक ब्याट्रीद्वारा रंग र ढाँचाहरू परिवर्तन गर्न सक्षम बनाउँछ। एआई को प्रयोग गर्दै, प्रयोगकर्ताहरूले फोटोहरू वा मौसमअनुसार फोनको लुक परिवर्तन गर्न सक्छन्।

यी नवप्रवर्तनहरू(इनोभेसन्स)ले दिगो ऊर्जा समाधान र एआई-आधारित अनुकूलन मा इनफिनिक्स को अग्रसरतालाई पुष्टि गर्छन्। कम्पनीले नवीकरणीय ऊर्जा स्रोतहरू र स्मार्ट व्यक्तिगतकरण को खोजी गर्दै प्रयोगकर्ताहरूलाई वातावरणमैत्री प्रविधिहरू प्रदान गर्ने लक्ष्य राखेको छ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’