मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुको सहकार्य

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा हुने मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पुस ८ र ९ गते सञ्चालन हुने प्रतियोगितालाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका हुन् ।

मार्शल आर्ट खेलको विशिष्ट रुपमा परिभाषित मुवाथाई खेल पछिल्लो क्रममा नेपालमा समेत यसको व्यवासयिकरणको अभ्यास सुरु भएको हो । सोही अभ्यासलाई अभियानको रुपमा अघि बढाउन पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले बताउनुभयाे ।

“हामीले पहिलो पटक अभियानको रुपमा मुवाथाई खेललाई स्थापित गर्न अघि बढेका छौं” क्षेत्रीले भन्नुभयाे–“यसले गण्डकी प्रदेशमा मात्रै नभई राष्ट्रिय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने छ । साथै यसले नेपालीमा यूवा खेलाडी उत्पादन र उनीहरुको क्षमता निर्खान समेत भूमिका खेल्नेछ ।”

प्रतियोगिताको तयारी सुरु भए संगै सहकार्यका लागि विभिन्न व्यवसायिक संस्थाहरु समेत सहयोगका लागि अघि आएको संयोजक खत्रीले जानकारी दिनुभयाे । जस अनुसार नेपाली कपडाको उत्कृष्ट व्राण्डको रुपमा रहेको भिटालिक, पोखरा १५ रामबजार स्थित यूवाहरुले सञ्चालनमा ल्याएको पोखरा अर्वान मार्ट, अटोमोवाइल तथा व्याट्रिहरुको कम्पनी एमरोन र एम्पेल लगायतका संस्थाहरु रहेका छन् ।

‘कन्टेन्डर’ राष्ट्रिय मुवाथाई च्याम्पियनसिपलाई सहयोग गर्ने ति व्यवसायिक संस्थाहरु मध्ये पोखरा अर्वान मार्टले खेलाडी पुरस्कार राशीमा, भिटालिकले खेलाडीहरुको पोशाकमा र अन्य संस्थाहरुले व्यवस्थापनमा सहयोग गर्ने भएको संयोजक खत्रीले जनाउनुभयाे । “सहयोग गर्ने संस्थाहरुलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयाे–“उहाँहरुको सहयोगले प्रतियोगितालाई भव्य बनाउन विशेष योगदान रहने छ ।”

यस्तै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्न राष्ट्रिय मुवाथाई च्याम्पियनसिपले भूमिका खेल्ने बताउनुभयाे ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन