fbpx

पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । मुस्ताङ युथ फेमेलीले आयोजना गरेको पहिलो संस्करणको ‘मुस्ताङ कप भिमप्रसाद गौचन स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिता’ को उपाधि पूर्वेली एफसीले जितेको छ । पोखरा महानगरपालिका ११ स्थित रानीपौवा स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा जिसिबिएसलाई ३–१ गोल अन्तरले पराजित गर्दै पूर्वेलीले उपाधि जितेको हो ।
उपाधिसँगै पूर्वेलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको जिसिबिएसले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट जिसिबिएसका वाङ्गेल गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै पूर्वेलीका सन्देश राई सर्वाधिक गोलकर्ता (५ गोल), तथा सोही टिमकै सुवास गुरुङ उत्कृष्ट गोलरक्षक बने ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोह तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथिसमेत रहेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, स्व. भिमप्रसाद गौचनका परिवार, कार्यक्रम संयोजक टासी गुरुङ, जिल्ला खेलकुद विकास मुस्ताङका उपाध्यक्ष असिम शेरचन, प्रायोजकहरु लगायतले पुरस्कार वितरण गरे ।

सो अवसरमा बोल्दै प्रदेश सांसद शेरचनले उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले आगामी वर्षमा हुने दोस्रो संस्करणको प्रतियोगितालाई भव्य बनाउनका लागि आफ्नो तर्फबाटपनि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले प्रतियोगिताले मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने उल्लेख गरे ।

 ‘यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभएर मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने एउटा माहौल भएको छ, उनले भने, ‘त्यसैले यो प्रतियोगिता आगामी वर्षपनि परिस्कृत गर्दै आयोजना गर्न आवश्यक छ । त्यसका लागि म मेरो तर्फबाट पनि सहयोग गर्न तयार छु ।’


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन