उपल्लो मुस्ताङ र मुक्तिनाथक्षेत्रमा भारी हिमपात

author

समाचारपाटी

१ year अगाडि

जोमसोम । उपल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा बिहीबार बिहानैदेखि भारी हिमपात भएको छ ।जिल्लाको मुक्तिनाथ क्षेत्र तथा उपल्लो मुस्ताङका दुई पालिकामा भारी हिमपात भइरहेको स्थानीयले बताएका छन्।

उपल्लो मुस्ताङमा भारी हिमपात भइरहँदा तल्लो मुस्ताङमा भने हावाहुरीका कारण हिउँ पर्न सकिरहेको छैन । मुस्ताङमा बिहानदेखिनै मौसम धुमिल भइरहेको छ । यसका बावजुद तल्लो मुस्ताङमा हिउँ पर्ने सम्भावना प्रवल बनेको बताइएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ क्षेत्रमा एक फिट हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिनुभयाे । यसैगरी उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको प्रनाउ पाण्डेले उल्लेख गर्नुभयाे । ‘बिहानैदेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकादेखि माथिल्लो क्षेत्रमा ब्यापक हिमपात भइरहेको छ,हिमपातले मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका डाँडाकाँडा हिउँले चाँदी झै सेताम्मे भइसकेको छ,'प्रनाउ पाण्डेले भन्नुभयाे,‘मुक्तिक्षेत्रको रानीपौवा बजार र उपल्लो मुस्ताङका ग्रामिण बस्तीमा समेत बाक्लो हिउँ परेको छ।’

मुस्ताङमा जारी सिजनमा तेस्रो पटक हिमपात भएको हो । यसअघि मंसिरको दोस्रो साता र माघको १२ गते मुस्ताङमा हिमपात भएको थियो । तर, मुस्ताङमा दोस्रो पटक हिमपात हुँदा उपल्लो मुस्ताङमा हिमपात भएको थिएन । तल्लो मुस्ताङको थासाङमा हिमपात भएको थियो । जलवायु परिवर्तनका कारण मुस्ताङमा असमान प्रकारको हिमपात हुने गरेको छ । कुनै वर्ष अत्यधिक हिमपात ,कुनै वर्ष आशिंक हिमपात र कुनै वर्ष हिमपात हुँदैन ।

गतवर्ष मुस्ताङमा बेमौसममा हिमपात भएको थियो । अनुकूल समयमा हिमपात नहुँदा मुस्ताङमा स्याउ लगायतका खाद्य बाली तथा फलफूल उत्पादनमा समेत ह्रास आएको थियो । मुस्ताङमा तेस्रो पटक हिमपात भएसँगै स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ ।

हिमपातसँगै उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । स्थानीय बासिन्दा हिमपातका कारण घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसो र हिमपातका कारण घरका धारा,सेफ्टी ट्याङ्की,सिचाई कुलो र शाखा नदी समेत बरफ जमेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले जानकारी दिनुभयाे । घरका धारा जमेपछि स्थानीयले बरफ पानी तताएर पिउने गरेका छन् । पशु चौपायाको व्यवस्थापन र आहारा खुवाउन समेत असर परेको उहाँले बताउनुभयाे । उपल्लो मुस्ताङको सडकमार्गमा समेत बाक्लो हिउँ जमेकाले सवारी साधन आउजाउ समेत अवरुद्ध बनेको उहाँले बताउनुभयाे ।

मुस्ताङमा यसवर्ष एक साताको फेरोमा पुनस् हिमपात भएसँगै जिल्लाका कृषकहरु उत्साहित बनेका छन् । हिउँदयामको अनुकूल समयमा परेको हिउँ कृषकका लागि बरदान सावित हुने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले उल्लेख गरे । हिमपातले खेतीयोग्य जमिनलाई सिञ्चित गर्ने,हिउँको पानी जमिनको भित्री तहसम्म सर्कुलर हुने भएकाले खेतीयोग्य जमिनको उर्वराशक्ति बढाउन ठूलो योगदान पुग्ने कार्यालय प्रमुख बस्ताकोटीको भनाइ छ । हिउँ सिचाइँका लागि मात्र नभइ शीतोष्ण फलफूल तथा तरकारी र अन्नबालीमा लाग्ने विभिन्न रोग संक्रमणलाई प्रतिरोध गर्नसक्ने क्षमता भएकाले हिउँदयामको हिउँ कृषकका लागि बरदान भएको उनको भनाइ छ ।

मुस्ताङमा यसवर्ष अनुकूल समयमा हिउँ पर्न थालेकाले यही क्रममा रहेमा फागुनमा मुक्तिनाथमा स्की प्रतियोगिता आयोजना गर्न सकिने सम्भावना रहेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए । मुक्तिनाथमा यसअघि ३ पटक राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरिएको थियो ।

हिमपातसँगै मुस्ताङमा पर्यटकीय गतिविधि समेत बढ्न सक्ने अपेक्षा गरिएको छ । फागुन सुरु भएपछि मुस्ताङमा पर्यटकीय चहलरपहल सुरु हुन्छ । हिउँ हेर्न र खेल्न पर्यटकहरु मुस्ताङ आउने भएकाले अझै हिउँ पर्न आवश्यकता रहेको स्थानीयबासीको भनाइ छ ।

हिउँदयाममा अत्यधिक चिसो हुने भएकाले मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरेका छन् । पर्यटक व्यवसायी,स्थानीय नागरिक र कर्मचारीहरु समेत जाडो छल्न बेसी झरेकाले मुस्ताङ अहिले सुनसान छ । उच्चलेंक र खर्कका याकचौरी र भेडाच्यांग्रा न्यानोका लागि बस्ती नजिक सारिएको छ ।

जिल्लाका शैक्षिक संस्थालाई दुई महिना लामो बिदा दिइएको छ । उपल्लो मुस्ताङका विद्यालय भने जाडो छल्दै घुम्ती कक्षा सञ्चालन गदै बेसीमा स्थान्तरण भएका छन् ।

annapurnapost


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन