रुकुम पश्चिम । मुसिकोट नगरपालिका-१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको अभियोगमा २ महिलालाई प्रहरीले पक्राउ गरेको छ। मुसिकोट नगरपालिका-१ सल्लेकी २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका-५ टटेलाकी ३० वर्षीया शोभा कुमारी सुनार सोनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बुढाथोकी साउन १९ गते राति आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँके, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरेको हो।
उक्त घरबाट चोरी भएका सुनको सिक्री १ थान, सुनको तिलहरी १ थान, सुनका कानवाली १ थान, सुनको चन्द्रमा १ थानसमेत स्वरुप परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ। उनीहरूमाथि जिल्ला अदालत रुकूम पश्चिमबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।