अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म ‘इन्डलेस’

author

समाचारपाटी

२ years अगाडि


काठमाडौं । एउटी युवती आफ्नो प्रेमीसँग छुटेर अमेरिकाको ओहायोबाट नेपाल आउँछिन् । काठमाडौंबाट पोखरा जाने क्रममा उनको यती एयरको जहान दुर्घटनामा निधन हुन्छ । उनीसँगै सो दुर्घटनामा ७२ जनाको ज्यान जान्छ । यो दृष्य समाचारमा हेर्दा उनका प्रेमीले आफुलाई सम्हाल्न सक्दैनन् ।

यसरी गत महिना ७२ जनाको ज्यान गएको बिमान दुर्घट्नामा प्रेमिका गुमाएको विषयलाई छोटो चलचित्रको रुपमा एउटा गीतको भिडियोमा उतारिएको छ । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा यो भिडियो तयार गरिएको हो । इन्डलेस (ट्रु लभ नेभर डाइस्, अनन्त )नामक सर्ट फिल्म शैलीको (म्युजिक भिडियो) सेतो कुर्ता रातो सारी गीतमा बनाईएको छ । यसलाई ओएसआर डिजीटल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ ।

गीतको सुरुमा भिडियोमा प्रेमी प्रेमिकाको अथाह प्रेम देखाईएको छ । अन्त्यमा प्रेमिका नेपाल आउँदा जहाज दुर्घटनामा ७२ जना सहित उनको निधन भएको दुःखद घटनासँगै भिडियो सकिन्छ । प्रेमिकालाई गुमाउँदा पनि प्रेमीले उनलाई सम्झिरहेको दुष्य अन्त्यमा छ ।

सन्तोष सुनारको शब्द÷संगीत रहेको यो गीतमा कोलम्बसकै गायक प्रविण दियालीको स्वर रहेको छ । यो गीति लघु चलचित्रलाई कोलम्बस र यसका बरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, फ्यरपोर्ट हारबर ओहायोलगायतको स्थानमा छायांकन गरिएकोे छ ।

नेक्स्टजेन्स् प्रोडक्सनको प्रस्तुती रहेको यो गीति चलचित्रलाई गोविन घिमीरेले निर्देशन गरेका छन् । छायांकन र सम्पादन पनि घिमिरेकै हो । सेन्ट्रल ओहायोको पिक्रिन्टन शहरमा बस्दै आएका उनी छोटा फिल्म, म्युजिक भिडीयो बनाउदै आएका छन् । निर्देशक गोविनले यसबारे भने, ‘यहा बसेर पनि यस क्षेत्रमा केही गरौ भन्ने हुटहुटीले आफ्नो क्षेत्रबाट केही गर्ने कोशीस गरेका छौ, दर्शकहरुले कामको मुल्यांकन गरिदिनु हुनेछ ।’

यो गीति भिडियोमा बुन्नी शाह, लक्ष्मी बराइली, कमल अधिकारी, पवन ढकाल, लिला अधिकारी, पम्फा अधिकारीको अभिनय छ । यसको सह निर्देशन कमल अधिकारीले गरेका छन् । जसमा प्रभा सुवेदीको श्रृंगार तथा भेषभुषा छ ।

https://www.youtube.com/watch?v=iZLqilXK184


काठमाडौं

बिहिबार, साउन २, २०८२

२२.१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन