fbpx

पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै

author

समाचारपाटी

३ हप्ता अगाडि

च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ ।


शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव विकास रिमालले पौष १५ गते काठमाडौंको भृकुटीमण्डपमा एक दिने च्याउ मेला सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँकाअनुसार ‘च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’भन्ने नारासहित यस वर्ष च्याउ दिवस मनाइँदैछ । हरेक वर्षको पौष १५ लाई राष्ट्रिय च्याउ दिवसका रुपमा मनाउने गरिएको बताउनु भयो । उहाँले मेलामा ४० वटा स्टल रहने र १५ गते बिहान नै कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डसम्म मोटरसाइकल ¥याली हुने जानकारी दिनुभयो । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी मेलामा हुने बताउनु भयो । 


पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तोष कार्कीले च्याउमा नेपाल अब छिटै नै आत्मनिर्भर बन्ने बताउनु भयो । उहाँले विदेशबाट आयात हुने गोलो च्याउ प्रतिष्थापन गर्न सफल भएको बताउनु भयो । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट गोलो च्याउ आयात भएको भएपनि २०८०–०८१ मा ८२ हजार ३१० किलो मात्रै आयात भएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘गोलो च्याउको हकमा हामीले २०६१ सालमा दर्ता भएको हो । गोलो च्याउ हाम्रा दुई वटा छिमेकी राष्ट्रहरुबाट अत्याधिक रुपमा आउने गरेको थियो । यसको हामीले धेरै बिरोध गरेका थियौँ । ल्याउनलाई निरुत्साहित गर्ने अभियान चलायौँ । दोस्रो उत्पादन गरेर प्रतिष्थापन गर्नुपर्छ भनेर अभियान चलायौँ । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट आएको छ । लिगल्ली । २०८०–०८१ को डाटामा ८२ हजार ३१० छ । यो ४ गुणा जति घटेको छ । अहिले मंसिरम्मको हेर्नुभयो भने १ हजार २८० किलो मात्रै आयात छ । गोलो च्याउ धेरै उत्पादन गरेर बाहिरबाट आयात हुने च्याउलाई प्रतिष्थापन गरेका छौँ ।’


उहाँले सस्तो र व्यवस्थित उत्पादन प्रणालीसँग प्रतिष्पर्धा गर्न किसान र उत्पादन सक्षम र प्रतिष्पर्धी हुनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन