रुसको मुर्मान्स्क क्षेत्रमा यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किएपछि २ जनाको मृत्यु भएको छ । अन्य ३१ जना घाइते भएका छन् । घाइते हुनेमा पाँच बालबालिका रहेका छन् । हालसम्म कुल १४ जनालाई अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये चारको अवस्था गम्भीर छ । दुर्घटनाको समयमा यात्रुवाहक रेलमा ३२६ जना सवार थिए । प्रारम्भिक अनुसन्धानकाअनुसार मालबाहक रेलका चालक र सहचालकको अनुचित कार्यका कारण दुर्घटना भएको र उनीहरु दुवैलाई पक्राउ गरिएको छ ।
सिन्ह्वा