लुटपाट गर्ने उद्देश्यले व्यवसायी निरु पाण्डे आचार्यकाे भएको रहेछ हत्या !

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । लुटपाट गर्ने उद्देश्यले कपनमा व्यवसाय गर्दै आएकी निरु पाण्डे आचार्यको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पाण्डेको हत्या प्रकरणमा संलग्न झापाका विनोद विकलाई प्रहरीले पक्राउ गरेपछि लुटपाटको उद्देश्यले निरु पाण्डेको हत्या भएको खुलेको हो।

कपनस्थित सरस्वती नगरमा भाँडा पसल चलाउँदै आएकी निरूको गत बैशाख ७ गते हत्या भएको थियो। प्रहरी प्रधान कार्यालयले घटना अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । अनुसन्धान टोलीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहकार्यमा शनिबार राति झापाबाट विकलाई पक्राउ गरेको थियो।  ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे  जानकारी गराएको हो।

प्रहरीका अनुसार पारिवारिक कलह र ऋणले गर्दा विक काठमाडौंमा आएकाे ऋण तिर्न नसकेको  र परिवारसँग समेत सम्बन्ध राम्रो नभएपछि विकले अपराधिक बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। विकको ३/४ लाख जति ऋण रहेको र उक्त ऋण तिर्न नसकेको अनुसन्धानले देखाएको छ। निरु हत्यामा विकको एक्लैको संलग्नता रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ।

विक केही समयअगाडि ठमेलस्थित एक क्लबमा बाउन्सरको रुपमा काम गर्दै आएकाे र त्यसअघि विक झापामा एक क्‍यासिनोमा बाउन्सरको रुपमा काम गरेको प्रहरीले जनाएको छ। भक्तपुरको लोकन्थलीमा साथीको डेरामा बस्दै  आएका विक बैशाख ७ गते सामान किन्ने उद्देश्यले निरुको पसल पुगेका थिए।

सामान हेरिसकेपछि उनी पैसा लिन नजिकैको एटीएम काउन्टर गएका थिए। फर्केर फेरि निरुसँग सामान खरिद गर्नेबारे छलफल गरेका थिए। सोही क्रममा उनले निरुमाथि आक्रमण गरे। निरुकै पसलमा रहेको चक्कु प्रयोग गरेर उनीमाथि प्रहार गरेका थिए। हत्यापछि विकले निरुले लगाएको सिक्री र काउन्‍टरमा रहेको केही पैसा लिएर निस्केका थिए। त्यसपछि उनी फेरि लोकन्थलीस्थित साथीको कोठामा गएका थिए। उनले  लुटेको सिक्री तार्केश्वरको पाथिभरा सुन-चाँदी पसलमा ५५ हजारमा बिक्री गरेको अनुसन्धानले देखाएको छ।

annapurnapost


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...