काठमाडौंको गैरीगाउँमा एकै परिवारका तीनसहित ४ जनाको हत्या, अनुसन्धान चल्दै

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा चार वटा शव फेला परेको हो ।

हत्या हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दोलखा घर भएका कुमार भुजेल, उहाँकी श्रीमती अम्बिका र कुमारकी आमा शुभद्रा भुजेल तथा मोरङ घर भएका नवीन राईको शव भेटिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको पनि उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिनुभयो । मैनालीका अनुसार घटनाको अनुसन्धानका लागि काठमाण्डौको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई सोधपुछका लागि पक्राउ गरिएको छ ।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । घटना राति १२ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन