बैतडीको पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहार हत्या प्रकरणको अनुसन्धानका लागि धनगढीबाट पनि प्रहरीटोली खटाइएको छ । बुधबार साँझ शिवनाथ गाउँपालिका–६ मालुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक नेतृत्वको टोली बैतडी पठाइएको जानकारी दिनुभयाे । एसएसपी रावलले घटनाको अनुसन्धान सफलतातर्फ उन्मुखभएको पनि बताउनुभएकाे छ ।
मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया लुहार र नेहा लुहार नि घाँटी रेटिएको अवस्थामा भेटिएका थिए । नेहा लुहार भने गम्भीर अवस्थामा भेटिएकाे हुदाँ डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक माया म्यादी प्रहरी पनि भएको खुलेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिए पछि माया घर फर्किनुभएकाे थियाे । मायाको हत्यामा सशस्त्र प्रहरीमा कार्यरत एक युवकको संलग्न रहेको हुन सक्ने प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । युवक हाल फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।
onlinekhabar