fbpx

शिक्षक धनबहादुर विष्टको हत्या प्रकरण:दुई जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आउनुभएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्ण माविमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र बोहराका श्रीमान् प्रजा बोहरा छन् ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला रावलले कृष्ण माविको छात्रावासमा बसेर अध्ययनरत युवती र युवतीका श्रीमानलाई पक्राउ गरिएको पुष्टि गर्नुभयाे ।

उहाँका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आउनुभएकाे थियाे । ‘छात्रावासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा भाइहरुसँगै बसेर पढ्दै आएकी युवती बस्ने गरेको देखिएको छ’ एसएसपी रावलले भन्नुभयाे, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाकाे र सोही क्रममा विवाद हुँदा हत्या भएको खुलेको छ ।’

शिक्षक विष्ट पुस २ गते छात्रावासको पछाडि मृत अवस्थामा भेटिनुभएकाे थियाे । विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।

बुधबार पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन् । न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपील पनि गरेको छ । मृतकका परिवारले विष्टको शव पनि बुझेका छैनन् ।

onlinekhabar


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा