इजरायली सेनाद्वारा गाजामा २ प्यालेस्टिनी पत्रकारको हत्या

author

समाचारपाटी

१ महिना अगाडि

इजरायली सेनाले सोमवार गाजा पट्टीमा दुई छुट्टाछुट्टै आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । प्यालेस्टाइन टुडेका संवाददाता मोहम्मद मन्सुर, दक्षिणी गाजाको खान युनिसमा रहेको उनको अपार्टमेन्टलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा उनकी श्रीमती र बच्चाहरूसहित मारिएका छन् ।

अर्को आक्रमणमा उत्तरी गाजाको जबालियाको पूर्वमा इजरायली हवाई आक्रमणमा अल जजीरा मुबाशेर च्यानलका संवाददाता होसम शबातको मृत्यु भएको स्रोतहरूले बताएका छन् । हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले एक विज्ञप्तिमा इजरायली कब्जाद्वारा पत्रकारहरूलाई लक्षित र हत्या गरिएको कडा शब्दमा निन्दा गरेको छ । अन्तर्राष्ट्रिय समुदायलाई गाजामा प्यालेस्टिनी पत्रकार र मिडिया पेशेवरहरू विरुद्धका यी व्यवस्थित अपराधहरूको निन्दा गर्न आह्वान गरेको छ । इजरायली सेनाले दुई आक्रमणहरूमा कुनै आधिकारिक टिप्पणी जारी गरेको छैन । मन्सुर र शबातको मृत्युसँगै अक्टोबर ७, २०२३ मा गाजा युद्ध शुरु भएदेखि मारिएका पत्रकारहरूको संख्या २०८ पुगेको छ । 

जनवरी १९ मा शुरु भएको हमाससँगको युद्धविराम रद्ध भएपछि इजरायलले मार्च १८ मा गाजामा पुनः आक्रमण शुरु गरेको छ।  इजरायली सेनाले पछि दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन कारबाही शुरु गरेको छ । पछिल्लो युद्धबाट मृत्यु हुनेको संख्या ७३० नाघेको छ । जसले गर्दा अक्टोबर २०२३ देखि मृतकको कुल संख्या ५० हजार ८२ पुगेको छ ।
सिन्ह्वा


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन