रास्वपाको कारबाहीविरुद्ध निर्वाचन आयोग पुगे मुकुल ढकाल

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफैं आधिकारिक महामन्त्री रहेको दाबीसहित निर्वाचन आयोग गुहारेका छन् ।

आइतबार निर्वाचन आयोगमा निवेदन दिँदै ढकालले आफूलाई रास्वपाले कारबाही गर्न नसक्ने जिकिर गरेका हुन् ।

२५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरेर साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको थियो ।

‘मैले पदमुक्त भएको पत्र आजसम्म पार्टीबाट प्राप्त गरेको छैन’, निवेदनमा उनले भनेका छन्, ‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने अवैधानिक हो । त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३ दिनभित्र अद्यावधिक गर्न आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्न मागसहित यो पत्र माननीयज्यूसामु पेश गरेको छु ।’

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय गरेको थियो । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालले जिकिर गरेका छन् ।

तर पार्टीले कारबाही गरेपछि ढकालले सञ्चारमाध्यममा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र डा। स्वर्णिव वाग्लेविरुद्ध तिखा र गम्भीर टिप्पणी गरेका छन् । त्यसले पार्टीमा उनको पुनरागमन करिब समाप्त भएको चर्चाबीच आयोगमा निवेदन परेको हो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन