न्युज अनलाइन, पाेखरा । विश्वका तीर्थस्थल मध्ये प्रमुख मानिने मुक्तिनाथधामको महिमा समेटिएको आरती-भजन श्रीराम नवमीकोअवसर पारेर सार्वजनिक भएको छ। मुक्तिनाथको भजन-आरतीलाई शब्द कौतुकी नामक युटुब च्यानलमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो ।
पारम्परिक लोकलयमा गाइएको आरती पुरुष तथा नारी आवाज गरी दुई अलग- अलग भर्जनमा एकैदिन सार्वजनिक गरिएको छ । नारी आवाजलाई गुरु परम्परा नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। पुरुषआवाजमा शास्त्रीय संगीतका प्रशिक्षक समेत रहनुभएका तीर्थराज पोख्रेलले स्वर भर्नुभएकाे छ भने नारी आवाजतर्फ नेपाल आईडल ०७८को फाइनिस्ट समेत रहेकी लक्ष्मी पौडेकाे स्वर रहेकाे छ ।
आरतीकाे शब्द रचना दिवाकर पौडेलले गर्नुभएकाे हाे । संगीत एरेन्ज बच्चा सिंहको रहेको छ भने अडियो मिक्सिङ एवं रेकर्डिङ कुमार के.सी. ले गर्नुभएकाे छ । आरतीमा भिडियो निर्देशन ,छायांकन एवं मिक्सिङ हरिकृष्ण रेग्मीले गर्नुभएकाे छ । मुक्तिनाथ आरतीको भिडियोका लागि संस्कृत युवामञ्च नेपालका गुरुहरू विश्वराज सापकोटा , धनिराम ढकाल तथा गोविन्दराज गौतमले मुक्तिनाथ भगवानको पावन धाममा महाआरती गर्नुभएकाे थियाे।