पहिले ‘जिउँदो शहीद’, अब ‘राष्ट्रिय शहीद’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामै निधन हुनुभएका मुकेश कायस्थलाई ‘राष्ट्रिय शहीद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उहाँलाई शहीद घोषणा गरेको हो ।

यसअघि मुकेश ‘जिउँदो शहीद’का रूपमा परिचित हुँदै आउनुभएको थियो । मुकेशको गएको बुधबार साँझ बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा मुकेश १५ वर्षका हुनुहुन्थ्यो । घाइते भएको १७ वर्षपछि अर्थात् ३२ वर्षमा मुकेशको निधन भएको हो । अघिल्लो हप्तादेखि स्वास्थ्यमा थप समस्या भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

जनआन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । लोकतन्त्रका लागि जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गएकोे कायस्थलाई बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदेखि उहाँको होस् नखुलेको ९अचेत० अवस्थामै निधन भयो । उहाँ बोल्नसमेत सक्नुहुन्नथ्यो भने बायाँ हात र बायाँ गोडा राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो नै थियो ।

मुकेशको बिहीबार राष्ट्रिय सम्मानसहित नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा अन्त्येष्टि गरिएको थियो । उहाँलाई बाबु कृष्णमानले दागबत्ती दिनुभएको हो । नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाई कायस्थको शवलाई बनेपा बजार परिक्रमा गरी उग्रतिर्थेश्वर लगिएको थियो । श्रद्धाञ्जलि अर्पणका लागि मुकेशको शवलाई बिहान ११ देखि दिउँसो २ बजेसम्म बनेपा नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएको थियो ।

कायस्थको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेत, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, वाग्मती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत जिल्लामा रहेको राजनीतिक दलका नेता–कार्यकर्ता उपमा रहेको हुनुहुन्थ्यो । सो अवसरमा मन्त्री मोदीले मुकेशलाई शहीद घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

मुकेश परिवारको एक्लो छोरा हुनुहुन्थ्यो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुनुभएको दिनदेखि ओछ्यानमा पर्नुभएका कायस्थलाई ‘जिउँदो शहीद’ भन्ने गरिँदै आइएको थियो । उहाँ ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहनुभएको थियो । परिवार र स्वास्थ्कर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही चलाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खानेकुरा खाने र ह्वीलचियरमा अडिन सक्नेसम्म हुनुएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्दै आएको थियो ।

स्वाथ्योपचारलगायतका लागि उहाँको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको थियो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार रुपैयाँ मासिक भत्ता, एक सुसारेका लागि छ हजार दुई सय रुपैयाँ भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । उहाँलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्व रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरेको थियो ।

बाबा–आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारलाई आशा मरेको थिएन । तर मुकेश पाँच वर्षदेखि दुब्लाउँदै गएको, पहिलेजस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरूलाई ‘पीरमाथि पीर’ थपिँदै आएको थियो । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिनुहुन्थ्यो ।

कसैले उहाँको नाम लिएर बोलाउँदा ‘हँहँ, माँ’ भनेर बोल्नसक्ने मुकेश एक वर्षदेखि बोल्न सक्नुभएको थिएन । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा बिरामी परेपछि पेटमा पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । बिरामी परेयता मुकेश दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्नुहुन्थ्यो । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुनेसम्म गर्नुहुन्थ्यो ।

मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा बसेको थियो कायस्थ परिवार । दलका नेता तथा सरकारी उच्च तहका व्यक्तिले मुकेशलाई भेट्न आउँदा आश्वासन पनि नदिएका होइनन् । तर देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकामा मर्माहित थियो परिवार ।

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले मुकेशको परिवारको बैंकको सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो । परिवारका अनुसार पछिल्लो वर्ष मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे निगरानी गरिरहनुभएको थियो । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय–समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान