मुग्लिन–नारायणगढ सडकखण्ड २१ माघदेखि २१ दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

author

समाचारपाटी

१ year अगाडि

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुलको फाउण्डेशन बनाउन सडक बन्द गरेर भित्तो काट्ने कामका लागि अन्तिमपटक २१ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द गरेर भित्तो काट्ने कामलाई निरन्तरता दिने निर्णय गरेको आयोजनाका इन्जिनियर सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयाे ।

तुइन खोला पुलको जग हाल्न मुग्लिनतर्फको भित्तो काट्ने काम भैरहेको छ । त्यसका लागि हाल दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पहिलोपटक आयोजनाले गत पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेको थियो भने, दोस्रोपटक पुनः पुस २८ गतेदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको थियो । यसपटक थपिएको २१ दिन भित्र भित्तो काट्न बाँकी १३ मिटर काटिसक्ने लक्ष्य राखिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयाे ।

६० मिटर अग्लो पहरो काट्ने काम गत वर्षबाट सुरु गरिएको थियो । २५ मिटर तलसम्म काटिसकेपछि कडा चट्टान भेटिएको आयोजनाले जनाएको छ । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष आयोजनाले निकालेको थियो ।

तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि विष्फोटको सट्टा फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न सुझाव दिइएको थियो । सोही सुझावको आधारमा यसपटक रक स्प्लीटर, हाइड्रोलिक ज्याक हेम्बरको सहयोगमा चट्टान काट्ने काम गरिएको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी आचार्य बताउँनुहुन्छ ।

यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिएको छ । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो । यसपटक पहिलो २१ दिनमा १४ मिटर र दोस्रो २१ दिनमा ८ मिटर कडा चट्टान काटिएको इन्जिनियर आचार्यले बताउनुभयाे । अब बाँकी १३ मिटर अन्तिमपटक थपिएको २१ दिनमा भ्याइने र नभ्याए पनि सडक बन्द गर्नुपर्ने अवस्था नआउने उहाँले बताउनुभयाे ।

यो सडक खण्डमा बन्ने नयाँ १९ वटा पुल मध्ये यही तुइन खोलाको पुलको काम बाँकी छ । अन्य धेरैजसो पुल सञ्चालनमा आइसकेका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।

onlinekhabar


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन